काठमाडौँ । विराटनगर क्षेत्रीय कार्यालयले काठमाडौंका लागि ११ ट्यांकर पेट्रोलियम पदार्थ पठाएको छ ।

मंगलबार राति ६ ट्यांकर डिजेल र ५ ट्यांकर पेट्रोल काठमाडौंका लागि पठाएको नेपाल आयल निगमको क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख थीलेन्द्र कार्कीले  जानकारी दिनुभयो ।

विराटनगरका रानी भन्सार कार्यालयबाट मंगलबार राति मात्रै १४ वटा पेट्रोल ट्यांकर, ११ वटा डिजेल ट्यांकर र चार वटा ग्यास बोकेका बुलेट भित्रिएको थियो ।

उक्त भन्सार हुँदै फलफूल तथा औद्योगिक क्षेत्रका कच्चा पदार्थ बोकेका दुईसय भन्दा बढी मालबाहक सवारी भित्रिएको कार्यालयले जनाएको छ ।

Comments