दाङ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ संविधान पछि प्रदेशहरुको सीमांकनमा कुनै विवाद नभएको बताउनुभएको छ । उहाँले शीर्ष नेताहरुमा इच्छाशक्तिको कमी हुँदा सीमांकनको मुद्दा टुंगोमा नपुगेको आरोप लगाउनुभयो ।

दाङको लमहीमा आयोजित आमसभालाई सम्वोधन गर्दै नेता भट्टराईलेसी शीर्ष नेतृत्वले चाहेमा तराई मधेशमा जारी आन्दोलन क्षणभरमै रोकिने दाबी गर्नुभयो ।  भट्टराईले तीन दलको तानाशाही प्रवत्तिले मुलुक अस्तव्यस्त भएको आरोप लगाउनुभयो । सिंगो तराई आन्दोलित भएको बेला दलीय नेतृत्व सत्ता लुचाचुँडीमै व्यस्त रहेको उहाँको भनाई छ ।
असल छिमेकी भारतले नाकाबन्दी गर्नु उसको भूल भएको बताउँदै भट्टराईले नाकाबन्दी तत्काल फुकुवा गर्न भारत सरकारलाई आग्रह गनुभयो । यदि भारतले नाकाबन्दी खुलाउन अझै आनाकानी गरिरहे नाकाबन्दीको सामना सबै नेपाली मिलेर गुर्नपर्नेमा जोड दिनुभयो ।

मंगलबार नै दाङको लमहीमा आयोजित साक्षात्कारमा डा भट्राईले विभिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र ब्यक्तिहरुलाई संगठित गरि छिट्टै नयाँ राजनैतिक दल वनाउने योजनामा आफू रहेको खुलासा पनि गर्नुभयो ।

Please follow and like us:

Comments