काठमाडौं । शनिबार भारतको बिदेश मन्त्रालयले आफ्ना सबै सरोकारवाला निकायहरुलाई सर्कुलर जारी गर्दै नेपालमा भारतबाट हुने सबैखाले आयात सहज बनाउन निर्देशन दिए लगत्तै अघोषित नाकाबन्दी हटेको चर्चा देशैभरी डढेलो फैलिए झै फैलियो । भारतबाट हुने आयात सहज हुने बिश्वास सबैको थियो । तर नतिजा ठयाक्कै उल्टो भयो ।

भातरीय पक्षले घोषणा विपरीत एकाध नाका बाहेक अन्य नाकाबाट ईन्धन मात्र नभई सामग्री पनि कम छोडेको पाईयो । छोडेका सामग्रीमा पनि अत्याबश्यक भन्दा अनाबश्यक नै बढी छन् । अझ ईन्धन त एक दम मुस्किलले छाडेको पाईयो ।  यस्ले पनि तेलको खेलमा भारतको नियतनै खराब देखिन थालेको सबैले बुझन थाले । अन्य नाका भन्दा केही सहज देखिएको भैरहवाको बेलहिया नाकाबाटसोमबार एक ट्यांकर इन्धन समेत भित्रन सकेन् । आईतबार मुस्किलले ईन्धन र ग्यास गरी ५ ट्यांकर आएका थिए । बेलहिया नाकाबाट सहज रुपमा ईन्धन आयात भए देशका अन्य भागमा सहजै जान सक्ने सबैलाई थाहा छ । त्यसैले पनि यो नाकाबाट ईन्धन रोकेर पुर्बको बिराटनगर नाकाबाट केही सहज गरिएको । यो पनि एक चालमात्र हो ।

बिराटनगरबाट आउने तेल देशको राजधानी काठमाण्डौ लगायत अन्यत्र पठाउन दुरीका हिसाबले पनि टाढा र राजमार्गको बिभिन्न स्थानमा अबरोध हुने भएकाले पुर्बको नाका सहज बनाई पश्चिममा अबरोध गर्ने नयाँ रणनीति जस्तै देखिएको छ । आयल निगमको भलवारी डिपोका लागी भारतको बेतालपुरबाट सोमबार जम्मा ५ ट्यांकर ईन्धन लोडींग भएको जानकारी आएको छ । अन्य समयमा त्यहाबाट ४०।४५ ट्यांककर ईन्धन आयात हुन्थ्यो । यो सबै भारतले जानेरै यस्तो गरीरहेको भन्सार एजेन्ट संघ नेपालका बरीष्ठ उपाध्यक्ष डा. शान्त कुमार शर्मा बताउनु हुन्छ । डा. शर्माले लामो समय देखि आयल निगमको ईन्धन भन्सारमा क्लियरींग गर्ने काम गर्दै आएका छन् ।

सोमबार यो नाकाबाट कुनै ईन्धनका टयांकर आउन सकेन । दशगजामा प्रदर्शन र झडप पछि बेलुका सम्म आयात भएको थिएन । अन्य दिन भन्दा अहिले निकै कम आयात भएको थियो ।

Comments

comments