काठमाडौँ । स्पेनिस क्लब रियल मिड्रिडका फर्वाडर ग्यारेथ बेल वेल्सका वर्ष खेलाडी २०१५ घोषित भएका छन् । फुटबल एसोशिएसन अफ वेल्स एफएडब्लुले वेल्सलाई वर्ष खेलाडीको अवार्ड दिने निर्णय गरेको हो ।

बेल पाँचौं पटक वेल्सका वर्ष खेलाडी घोषित भएका हुन् । उनी वेल्सका सबैभन्दा धेरैपटक वर्ष खेलाडी बन्ने फुटबल बनेका छन् । उनले प्लेअर्स प्लेअर तथा फ्यान्स प्लेअर अफ दी इअरको अवार्ड पनि जितेका छन् । रियल मड्रिडमा स्थापित हुन संघर्ष गरिरहेका बेलले युरो २०१६ मा स्थान बनाउन वेल्सका लागि महत्वपूर्ण गोल गरेका थिए ।

बेलले बेल्जियमसँगको खेलमा एक तथा साइप्रसँगको खेलमा एक गोल गरेका थिए । दुवै खेल वेल्सले १–० ले जितेको थियो । यो जितसँगै वेल्स सन् १९५८ पछि कुनै पनि प्रमुख प्रतियोगितको अन्तिम चरणमा पहिलो पटक पुग्न सफल भयो ।

Comments