बिराटनगर । प्रहरीले बल प्रयोग गरि विराटनगरको रानी भन्सार नाका अगाडि धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई हटाएपछि सोमबार बिहानैबाट मालवाहक ट्रकहरू नेपाल भित्रिन थालेका छन्। विगत एक साता भन्दा धेरै समयदेखि विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाट अगाडि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरू पाल टाँगेर दिनरात धर्ना बस्दै आएका थिए।

गएराति प्रहरीले बल प्रयोग गरी त्यहाँबाट हटाएपछि नाका सुचारू भएको प्रहरीले जनाएको छ।

भन्सारमा लामबद्ध भएर बसेका मालवाहक ट्रकहरू क्रमशः नेपाल भित्रदै छन्। यसअघि आइतबार नेपाल र भारतीय भन्सार अधिकारी, भन्सार एजेन्ट सहित सरोकारवालाबीच नाका खुलाउने सहमति भएको थियो।

इन्धन बोकेका ट्यांकर र ग्याँस बोकेको बुलेटसहित सयौं ट्रक नेपाल प्रवेश गरिसेकको रानी भन्सारले जनाएको छ।

यसैबीच प्रहरीले आफूहरूलाई दमन गरेको भन्दै संयुक्त मधेसी मोर्चाका नेताहरूले केही बेरपछि आन्तरिक छलफल गरि नाकामा फेरि दिने तयारी गरेका छन्।

यसअघि गएराति प्रहरीले भन्सार गेटबाट प्रदर्शनकारीलाई हटाउन खोज्दा झडपसमेत भएको थियो। झडपमा प्रहरीको लाठीबाट केही कार्यकर्ता घाइते भएका थिए।

स्थिती नियन्त्रण बाहिर गएपछि प्रहरीले गएराति २ राउण्ड हवाई फायर समेत गरेको मोरङ प्रहरीले जनाएको छ।

Comments