काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसंग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । पछिल्लो पटक सरकार सकरात्मक भएको भन्दै मोर्चाले चार सदस्यीय वार्ता टोली गठन गरेको हो ।

मोर्चाको आईतवार साँझ बसेको बैठकले वार्ता टोलीको गठन गर्ने निर्णय गर्दै पछिल्लो पटक सरकार सकरात्मक भएको निष्कर्ष पनि निकालेको छ । चार सदस्यीय वार्ता टोलीमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरम नेपालका लालवावु राउत, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला र तराई मधेश सद्भावना पार्टीका नेता रामनरेश यादव रहेका छन् ।

मोर्चाले सरकारसंगको वार्ता जारी रहेपनि आन्दोलनका कार्यक्रमहरु पनि यथावत राख्ने निर्णय गरेको छ ।

सरकार र मोर्चाबीच विभिन्न समयमा अनौपचारिक छलफल गरेपछि औपचारिक वार्ताको वातावरण तयार भएको हो ।
वार्ताको माध्यमवाट निकास निकाल्ने विषयमा सरकार सकरात्मक देखिएको मोर्चाले ठहर गरेको छ ।

Please follow and like us:

Comments