काठमाडौं । इरानमा जारी एएफसी अण्डर नाइन्टीन च्याम्पियनशीप छनौटे समुहको दोस्रो खेलमा नेपाल र कुवेतले एक एक गोलको बराबरी खेलेका छन् ।

पहिलो खेलमा इरानसंग १०–० गोलको लज्जास्पद पराजय व्यहोरेको नेपालले आइतवार सम्पन्न दोस्रो खेलमा भने सन्तुलित प्रदर्शन गर्यो । अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न कुबेतसंग जित्नै पर्ने दवावमा मैदानमा उत्रेको नेपालले कुवेतसँग बराबरी खेलेर अंक बाँड्यो । पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन । तर दोस्रो हाफको ६१ औं मिनेटमा कप्तान विमल घर्ती मगरले गोल गर्दै नेपाललाई १–० ले अग्रता दिलाएका थिए । एक गोलले पछि परेको कुवेतले त्यसको दश मिनेटपछि नै अर्थात खेलको ८१ औं मिनेटमा गोल फर्काएपछि खेल १–१ गोलको स्थितिमा पुग्यो । कुवेतका लागि खालिद आलेनेजीले गोल गरेका थिए ।

त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन र खेल १–१ गोलको बराबरामै टुंगियो ।  बराबरीपछि अर्को चरणमा पुग्ने नेपालको सम्भावना न्यून बनेको छ ।

Comments

comments