तातोपानी । वैशाख १२ को भूकम्पपछि बन्द रहेको तातोपानी भन्सार कार्यालय आइतवारबाट पुनः खुलेको छ । भन्सार कार्यालयसँगै अध्यागमन, सुरक्षा निकाय लगायत कार्यालय पनि आइतवारबाटै तातोपानी फर्किएको छ ।

अरनिको राजमार्ग सडक ट्रयाकले तिब्बत जोडिएपछि ५ महिनादेखि बन्द रहेको उत्तरको मुख्य तातोपानी नाका सञ्चालनमा आएको हो । वैशाख १२ को विनाशकारी भूकम्प, पराकम्पन र बर्खाको बाढी पहिरोले अवरुद्ध राजमार्गले शुक्रबार साँझ नाका जोडेको थियो ।

भूकम्पपछि यी कार्यालय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विस्थापित भएका थिए । दक्षिणी नाकामा भारतले लगाएको अघोषित नाकाबन्दीले आपूर्ति बन्द भइरहेका बेला उत्तरको एकमात्र ठूलो नाका सञ्चालनमा ल्याउने उद्देश्यले भन्सार कार्यालय फर्र्किएको एक अधिकारीहरुले बताए ।

तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेल सहितका कर्मचारीहरुको टोली आइतवार बिहान ९ बजे पुरानै कार्यालय छिरेर दैनिक प्रशासनिक काममा जुट्नुभएको हो ।

Please follow and like us:

Comments