काठमाडौं । पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन  नेकपा एमालेको  स्थायी समिति बैठक आज बस्ने भएको छ। पार्टी संसदीय दलको कार्यालय  सिंहदवारमा हुने बैठकले औपचारिकरुपमा प्रधानमन्त्रीको रुपमा ओलीलाई अघि सार्ने बताइएको छ।

सहमती वा बहुमतीय दुबै प्रक्रियाका लागि पार्टी अध्यक्ष एवं संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने एक स्थायी समिति सदस्यले बताए।

राष्ट्रपति रामवरण यादवले यसअघि नै सहमतीय सरकार बनाउन आह्वान गरिसकेका छन्। तर दलका नेताहरुले सहमतीय सरकार बन्न नसक्ने बताइरहेका छन्।

Comments

comments