एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका सीईओ मार्क जुकरबर्ग विश्वकै शक्तिशाली व्यक्तिहरुको सूचीमा पर्दछन् । त्यसैले धेरैका लागि उनी आदर्श व्यक्तिका रुपमा समेत रहेका छन् । तर अमेरिकी अदालतमा जुकरबर्गविरुद्ध ठगी र धोकाको मुद्दा चलिरहेको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । क्यालिफोर्नियाको अदालतले प्रारम्भिक फैसलामा यस मुद्दामा  जुकरबर्गलाई दोषी समेत ठहर गरेको छ । अब यही साता यस मुद्दाको औपचारिक सुनुवाइ शुरु हुनेछ । घर जग्गा कारोबार गर्ने एक कम्पनीले जुकरबर्गविरुद्ध धोका र ठगीको मुद्दा दायर गरेको हो ।

मुद्दाको विषय जुकरबर्कको बेडरूमको गोपनीयतासँग जोडिएको छ । जुकरबर्गको  कैलिफोर्नियाको पालो अल्टोकी मिर्सिया वोस्केरिसियनसँग आफ्नो घरको पछाडि रहेको घर र जग्गा खरिद गर्ने बारे सन् २०१२ मा सम्झौता गरेका थिए ।  उक्त घर र जग्गाबाट आफ्नो बेडरुमको सबै गतिविधि देखिने भन्दै जुगरबर्गले अन्ततः त्यो घर र जग्गा नै किन्ने निर्णय गर्दै उक्त सम्झौता गरेका थिए । यति प्रभावशाली व्यक्तित्वको गोपनीयतालाई सम्मान गर्दै आफूले जुगरबर्गलाई आफ्नो घर र जग्गाको वास्तविक मूल्यभन्दा करिब ४० प्रतिशत सहुलियतमा घर दिने सम्झौता गरेको मिर्सियाको दाबी छ । यसको बदलामा जुगरवर्गले मिर्सियालाई उनको सिलिकन भ्यालीमा रहेको विजनेश बढाउँन मद्दत गर्ने आश्वासन दिएका थिए । साथै उनले ठूला र सफल सीइओ र व्यवसायिक व्यक्तित्वहरुसँग परिचय गराइदिने वाचा समेत गरेका थिए ।

जुगरबर्गको यही आश्वासनमा परि आफूले आफ्नो घर र जग्गा मात्र ११ करोडमा दिन राजी भएको मिर्सियाले बताइन् । तर तीन वर्ष वितिसक्दा पनि जुगरबर्गले आफ्नो वाचा पूरा गर्ने कुनै छाँट नदिएपछि बाध्य भएर अदालतको सहारा लिनुपरेको उनले बताइन् । यो सरासर धोका र ठगी हो,उनको जिकिर छ । अदालतले गत विहीवार यस मुद्दाको प्रारम्भिक सुनुवाइ गरेको छ ।

Comments

comments