मेलबर्न । एनआरएनको सातौं विश्व सम्मेलनमार्फत हुने नयाँ नेतृत्वका लागि अष्ट्रेलियाबाट पनि उत्साहजनक उम्मेदवारी परेको छ । विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम अझ पनि जारी छ ।

अष्ट्रेलियाबाट उम्मेद्वारी घोषणा गर्नेहरुमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष पदका लागि शमशेरसिंह थापा, महासचिव पदका लागि वर्तमान सचिव रञ्जु वाग्ले थापा, कोषाध्यक्ष पदका लागि वर्तमान आईसीसी सदस्य एवं पर्थका एनआरएन अगुवा भैरव ढकाल, सचिव पदमा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी, युथ कोअर्डिनेटरमा वर्तमान डेप्युटी युथ कोअर्डिनेटर कृष्ण गिरी र निरञ्जन प्रसाईका साथै ओसेनिया क्षेत्रीय संयोजकमा महेन्द्र लम्साल, रमेश पाण्डे र भोमा लिम्बु, ओसेनिया क्षेत्रीय उपसंयोजकमा न्यूजिल्याण्डबाट चक्र थापा र अष्ट्रेलियाबाट होम पाण्डे रहेका छन् । उम्मेद्वारहरुले विज्ञप्ति निकालेर, पत्रकार सम्मेलनको कार्यक्रम गरेर आफ्नो उम्मेद्वारी र  योजनाबारे जानकारी दिएका छन् ।

अष्ट्रेलियामा १ सय १५ जना अधिवेशन प्रतिनिधिहरु रहनेछन् ।

ओसेनिया क्षेत्रीय संयोजकमा र डेप्युटीमा पाण्डेद्धयको उम्मेदवारी :

pandey-brothersपछिल्लो पटक ओसेनिया क्षेत्रीयको संयोजकमा रमेश पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै उपसंयोजक पदमा होम पाण्डेको उम्मेद्वारी घोषणा भएको छ । एक विज्ञप्ति प्रकाशित गर्दै क्षेत्रीय संयोजक पदमा उम्मेद्वारी दिएका पाण्डेले अष्ट्रेलिया, न्यूजिल्याण्ड, पपुवान्यूगिनीसहितका यो क्षेत्रलाई हाँक्नका निम्ति र केन्द्रसँग नयाँखालको सम्बन्ध विस्तारका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गर्ने सोच बनाएर उम्मेद्वारी घोषणा गरेको बताएका छन् । उनले ओसेनिया क्षेत्रमा अष्ट्रेलियाले धेरै काम गरेको दाबी गर्दै योसँगै न्यूजिल्याण्ड र पपुवान्यूगिनीलाई जगाउनुपर्ने आवश्यकतामा जोड दिए । यी क्षेत्रमा पनि धेरै कार्यक्रमहरु आयोजना गर्दै समग्रमा ओसेनिया क्षेत्रमा रहेका नेपालीहरुलाई एकताबद्ध गराउने आफ्नो योजना रहेको उनले सुनाए ।

यस्तै उपसंयोजकमा उम्मेद्वारी घोषणा गरेका होम पाण्डेले नेपाल र नेपालीका निम्ति केही गर्ने भनेर आफू यो अभियानमा आएको बताए । पछिल्लो पटक उनी निर्वाचनको कमिटीको सदस्य रहेका थिए ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष पदका लागि शमशेरसिंह थापा, महासचिव पदका लागि वर्तमान सचिव रञ्जु वाग्ले थापा, कोषाध्यक्ष पदका लागि वर्तमान आईसीसी सदस्य एवं पर्थका एनआरएन अगुवा भैरव ढकाल, सचिव पदमा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसी, युथ कोअर्डिनेटरमा वर्तमान डेप्युटी युथ कोअर्डिनेटर कृष्ण गिरी र निरञ्जन प्रसाईका साथै ओसेनिया क्षेत्रीय संयोजकमा महेन्द्र लम्साल, रमेश पाण्डे र भोमा लिम्बु, ओसेनिया क्षेत्रीय उपसंयोजकमा न्यूजिल्याण्डबाट चक्र थापा र अष्ट्रेलियाबाट होम पाण्डे रहेका छन् ।

Comments

comments