काठमाडौं । अविवाहित अभिनेत्री केकी अधिकारीले एकैपटक ४ जना युवकहरुसँग रोमान्स गरिरहेको खुलासा भएको छ ।

अहिलेसम्म कुनै अफेयरको विवादमा नमुछेकी केकीको यो पछिल्लो समाचार आएको हो । तर उनले यसपटक पनि रियल लाइफमा नभई रिल लाइफमा चार युवकसँग रोमान्स गरेकी हुन् । हाल छायाँकन भैरहेको नयाँ चलचित्र ‘भाग् सानी भाग’ मा केकीले यस्तो भूमिका निभाउँदैछिन् । चलचित्रमा  केकीले नयाँ तथा पुरानो स्टाइलमा ४ अभिनेतासँग प्रेम गीत गाउँदैछिन् । संगीतकार चेतन सापकोटाको प्रस्तुतीमा निर्माण यो चलचित्रको हाल छायांकन भैरहेको छ । चलचित्रमा सरोज खनाल, रमेश उप्रेती, जीवन लुइटेल र सविन श्रेष्ठ केकीका नायक छन् । तर फिल्ममा सविन बाहेक अरु सबै अभिनेता अतिथि कलाकारको रुपमा देखिएका छन् ।

नवल नेपालले निर्देशन गरेको यो फिल्मको गीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर छ ।

चेतनका अनुसार अभिनेत्री बन्ने सपना बोकेकी एक यूवतीले यी चर्चित अभिनेतासँग काम गर्ने इच्छा राखेकी हुन्छिन् । यही समयमा उनले यी अभिनेतासँग नृत्य गरेको देखाइएको छ । गीतमा सबै अभिनेताको आफ्नै स्टाइललाई देखाइएको छ । माघमा प्रदर्शनमा ल्याउने गरि काम भैरहेको चेतनको भनाई छ । फिल्मको मुख्य भूमिकामा केकी र सविन देखिनेछन् ।

Comments

comments