काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै असोज २४ गतेदेखि नयाँ नोट सटही सुरु गर्नेभएको छ ।

नेपाल राष्ट्र बैंकले प्रति व्यक्ति २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउने व्यवस्था मिलाइएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले सर्वसाधरणहरुका लागि राष्ट्र बैंकको थापाथली कार्यालय र क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको जनाएको छ ।  बैंक तथा वित्तीय संस्थाहरुले भने राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट असोज १८ गतेदेखि नयाँ नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणलाई ५, १० र २० रुपैयाँको नोट २,२ प्याकेटका दरले उपलब्ध गराइने भएको छ भने ५० र १०० रुपैयाँको १,१ प्याकेट उपलब्ध गराउने छ ।

राष्ट्र बैंकले  सेना, प्रहरी र कर्मचारीका लागि नोट साट्नका लागि छुट्टै काउन्टरको व्यवस्थागर्न लागेको जनाएको छ । कार्तिक २ गतेसम्म नयाँ नोट सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले बताएको छ ।

Comments

comments