काठमाडौँ । पेट्रोलियम पदार्थको अभाव बढ्दै गएपछि नेपाल आयल निगमले आजदेखि सार्वजनिक सवारी साधानलाई मात्र तेल दिने भएको छ ।

सरकारको निर्णय अनुसार निगमले निजी सवारी साधन र निर्माण सामाग्री बोक्ने ठूला ट्रक तथा टिपरलाई पेट्रोलियम पदार्थ नदिने जनाएको छ ।

त्यस्तै स्कुल बसले समेत तेल नपाउने गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले बताउनुभयो । सरकारी र सार्वजनिक तथा खाद्यान्न ढुवानी गर्ने सवारीसाधनले भने  इन्धन पाउने उहाँले बताउनुभयो ।

नेपाल आयल निगमले असोज १० गतेबाट जोर विजोर प्रणाली र ११ गतेबाट तेल वितरणमा कोटा प्रणाली लागू गरेको थियो।

पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आएपछि निजी सवारी साधनहरु र ठूला निर्माण सामाग्री बोक्ने ट्रक र टिपर लागि पनि तेल नदिने घोषण गरिएको ढकालको भनाई छ।

निगमले यसअघि मोटरसाइकलका लागि हप्तामा ३ लिटर, निजी कारका लागि १० लिटर र ट्याक्सीका लागि जोर विजोर पालोमा १० लिटर, सार्वजनिक सवारी साधन अन्तरगत मिनी बस र माइक्रोका लागि १५ लिटर र ठूला गाडीका लागि जोर र विजोर दिन मिलाएर एक पालोमा ३०  लिटर  दिने निर्णय आयल निगमले गरेको थियो ।

यसबाट निजी तथा निर्माण सामाग्री सामान बोक्ने सवारीसाधनलाई तेल नदिइने निर्णय निगमले गरेको हो।

यसअघि नियमले अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सलाई पनि इन्धन नदिने घोषणा गेरेको थियो।

Comments

comments