काठमाडौं । भूकम्पबाट क्षतविक्षत तातोपानी नाका आजदेखि खुल्दैछ । सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियरका अनुसार बाटो खोल्दै हिजै लिपिङबजारसम्म डोजरहरु पुगेका छन् ।

नेपाल चिनको मितेरी पुलबाट १ सय मिटर वर केही ठुलो पहिरो आज दिनभरीमा खोलीसक्ने तयारी छ । उक्त पहिरो खोल्नसाथ चिनसँगको सिमा जोडिन्छ ।

अहिले सिमाको १ किलोमिटर नजिकैसम्म यातायात जान सक्ने भइसकेको छ ।  मितेरी पुलनजिकै रहेको उक्त पहिरो हटाउन केही स्थानियको घरहरु भत्काउनपर्ने या अर्को नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था छ । स्थानिय घरहरु भत्काउन सहमति भए पहिरो पन्छाएर पुरानै सडकट्रयाक अनुसार खोल्न सजिलो र छिटो हुनेछ । आज बेलुकीसम्म चिनसँग सडक जोडिने प्रबल सम्भावना रहेको एक इन्जिनियरले बताए   ।

स्थानिय व्यावसायि अर्जुन सापकोटाका अनुसार लिपिङ तथा तातोपानी बजारका मानिसहरु घर फर्किन थालेका छन् भने घरहरुमा बस्न तथा सटरहरु खोल्न थालेका छन् ।

खोलिएको ट्रयाकलाई फिनिसिङ गर्न केहीदिन लागेपनि  विहिबारबाट मालबहाक गाडी गुडाउन सकिने बताईएको छ ।

अरु थप पहिरो आउने या कुनै प्राकृतिक दुर्घटना नभएमा विहिबारबाट मालबहाक गाडी गुड्न सक्ने भएको छ ।

स्थानिय सहयोग, सडक डिभिजन कार्यालय चरिकोटको सक्रियता, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोक, ट्रक कन्टेनर व्यावसायि संघर तथा नेपाल हिमाल सिमापार बाणिज्य संघको सक्रियतामा यो सम्भव भएको हो ।

तर तातोपानी नाकामा भने चिनले बाटो पूनर्निमार्ण गरिसकेको छ भने नेपालको नाका मितेरी पुलसम्म  चिनियाँ मालबहाक गाडीहरु चलिसकेका छन् ।

विहिबारबाट नाका संचालनमा ल्याउनका लागी समेत सरकारले पहल गर्नुपर्छ । मोटरबाटो संचालनमा आएपनि महिनौं संचालनमा नआएको भन्सार तथा ओहोदोहोर खुलाउनका लागी चिनियाँ पक्षसँग सरकारीस्तरमा पहल हुनपर्ने हुनसक्छ ।

Please follow and like us:

Comments