चितवन । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालको संविधानको पक्षमा मधेसी नागरिकको प्रतिनिधित्व गर्ने ९१ जना सभासदको समर्थन रहेकाले मधेसका जनताले मन दुःखाउन नपर्ने बताउनुभएको छ ।

चितवनमा आयोजित एक कार्यक्रममा नेम्वाङले संविधानमा मधेसी, जनजाती, दलित, मुस्लिमको प्रतिनिधित्व छैन भन्ने बेकारको हल्ला भएको बताउनुभएको हो । ५ सय ९७ सभासद मध्ये १ सय ६९ जना जनजाति सभासदको सहभागिता रहेको बताउँदै उहाँले थारु समुदायको प्रतिनिधित्व गर्ने २३ जना सभासद, र २६ जना दलित सभासदले समर्थन रहेकोे जानकारी दिनुभयो ।

हिमालदेखि तराईसम्मका नागरिकको हितमा बनेको संविधान विश्वकै नमूना भएको बताउँदै उहाँले सयमा सय समर्थन भएको संविधान विश्वमा कतै बनेको भए आफूलाई देखाइदिन आग्रह गर्नुभयो । उहाँले आन्दोलन होइन वार्ता मार्फत आएर जायज मागहरुलाई संबोधन गर्न गराउन राजनीतिक दलहरुसँग आग्रह पनि गर्नुभयो ।

Comments

comments