टोक्यो । मान्छेले जस्तै बोल्न सक्ने पेपेर नामक सानो रोबोट विक्री वितरण शुरु गरेको जापानको प्रमुख दुरसञ्चार कम्पनी सफ्टब्याङ्कले पेपेरलाई कुनै पनि सेक्स सम्बन्धी गतिविधिमा संलग्न नगराउँन चेतावनी दिएको छ ।

सफ्टब्यांकले पेपेर विक्री गर्ने बेलामा नै खरिदकर्तासँग गरिने सम्झौतापत्रको एउटा बूँदामै स्पष्ट रुपमा पेपेर रोबोटलाई कुनै प्रकारको सेक्स सम्बन्धी वा अनैतिक गतिविधिमा प्रयोग गरिने छैन भन्ने उल्लेख गरिएको छ । हालसम्मकै निकै स्मार्ट मानिएको यो रोबोटले मानिसका हरेक प्रकारका संवेदनाहरुलाई बुझ्ने क्षमता राख्दछ । अर्थात यसले उसको प्रयोगकर्ता खुशी छ कि दुखी छ ? लगायतका संवेदनाहरु बुझेर त्यसरी नै च्याट अर्थात कुराकानी गर्दछ । तर सफ्टबैंकले सकभर घरभित्र मात्र यसलाई प्रयोग गर्न सुझाव दिएको छ ।

१२० सेन्टिमिटर अग्लो पेपेर रोबोटलाई स्पाम इमेल पठाउँन र सेक्स सम्बन्धी कार्यमा प्रयोग नगर्नुहोला,सफ्टबैंकले ग्राहकहरुलाई आग्रह गरेको छ । सफ्ट बैंकको चाहना छ,यो सानो पेपेरलाई अवोध बालक साथीको रुपमा लिइयोस्, न कि कुनै सेक्स खेलौना । यो आग्रह र निर्देशन विपरित यसको प्रयोग गरेको पाइएमा कडा कानूनी सजायँ भोग्नुपर्ने चेतावनी समेत उसले दिएको छ । तर कस्तो सजायँ हुने ? भन्नेबारे भने केही उल्लेख छैन । यो रोबोटको विशेषता के छ भने कसैले उसलाई मननपर्ने गतिविधि गर्न थाले सेक्सी आवजमा नाइँ नाइँ भनेर प्रतिकार गर्ने क्षमता छ ।

गत जुनदेखि सर्वसाधारणका लागि विक्री शुरु गरिएको पेपेर रोबोट उल्लेख्य संख्यामा विक्री भएको छ । अनलाइनबाट मात्र करिब १ हजार वटा पेपेर विक्री भएको कम्पनीले जनाएको छ । यसको मूल्य १ लाख ९८ हजार जापानी येन छ ।

Comments

comments