काठमाडौं । भारतले अघोषित रुपमा सीमामा नाकाबन्दी लगाएपछि नेपालमा जनताको दैनिकी नै प्रभाव परेको अब भने प्रष्ट देखिन शुरु भएको छ । सीमा पारीबाट पेट्रोलियम पदार्थको आयात ट्यांकर आएपछि देशमा तेल भण्डारण लगभग सक्किएको अवस्था छ ।

गत साता जारी भएको नेपालको संविधानलाई लिएर मधेश केन्द्रित दल र भारतीय पक्षबाट नाकामा अवरोध सिर्जना भएपछि इन्धनको समस्या चुलिदो छ । यस्तै अवस्था केही दिन रहने हो भने अब पेट्रोलियम पदार्थको सञ्चिति लगभग सकिएको नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।

नेपाल लागि भण्डारणको क्षमता जम्मा ६५ हजार किलो लिटर रहेकोमा अहिलेको परिस्थितिले गर्दा देशैभरका लागि जम्माजम्मी २३ हजारकिलो लिटर पेट्रोलियम पदार्थ मात्र भण्डारण बाँकी रहेको तथ्यांक आएको छ । यस्तोमा अब सामान्य ढंगबाट वितरण गर्दा दुई दिन र आवश्यकता अनुसार वितरण गरेमा १५ देखि २० दिन मात्र पुग्ने प्रवक्ता बरालले बताउँनुभयो ।

भारतीय आयल निगमले नेपाललाई तेल वितरण नै गर्न छाडेकोले भारतले नेपाललाई अघोषित नाकाबन्दी लगाएको छर्लङ्ग भएको छ । निगमको भण्डारण भएको भण्डारणले अब तेल सहज रुपमा वितरण गर्न सक्ने अवस्था छैन र सोमबारबाट निगमले तेल वितरणमा कटौति गर्दै सिन्डिकेट प्रणालीबाट वितरण गर्ने भएको छ ।

नेपालसँगको चालीस बर्ष पुरानो पेट्रोलियम ब्यापार सम्बन्धमा भारतीय आयल निगमले यसरी पेट्रोल वितरणमा आनाकानी गरेको यो दोश्रो पटक हो । यसअघि भारतले २०४६ सालमा यस्तै शैली नेपालमाथि लादेको थियो । नेपालको स्वाभिमानमाथि भएको यो आक्रमणले देश आक्रान्त छ अहिले तर स्वाभिमान बन्धकी नराखी समस्या सल्टाउने उपाय सरकार र दलहरुले खोज्न जरुरी छ ।

Comments