काठमाडौं । नेपालको संविधानमा असहमति जनाउँदै भारतले गर्दै आएको अघोषित नाकाबन्दी विरुद्ध नेपालमा हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाइने भएको छ ।

भारतको हस्तक्षेप विरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सोमवारवाट नेपालमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउँने निर्णय गरेको हो । साथै उसले भारतीय टेलिभिजन च्यानलहरुलाई नेपाली केवलहरुमा वितरण गर्न रोक लगाउँने निर्णय समेत गरेको छ । नेपालको जटिल परिस्थितिको फाईदा उठाउदै भारतले निहीत स्वार्थ पूरा गर्नकोलागि नाकावन्दी जस्तो गलत कदमको सहारा लिएको भन्दै माओवादीले त्यसको प्रतिरोध स्वरुप यस्तो निर्णयमा पुगेको जनाएको छ । भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा चल्न नदिने गरेको छ । माओवादीले आईतवार अपरान्ह लैनचौरस्थित भारतीय दुतावास अगाडि प्रदर्शन समेत गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दै माओवादीका प्रवक्ता खड्गवहादुर विश्वकर्माले भारतीय हस्तक्षेपका विरुद्ध सशक्त प्रतिकार गरिने वताउँनुभयो ।

माओवादीले नेपालमा उत्पादित सामानहरुको उपयोगकोलागि आममानिसलाई सचेत गराउने, कालोबजारी गर्नेलाई कार्वाही गर्ने तथा भारतीय हस्तक्षेप विरुद्ध कार्यक्रमहरु गर्ने भएको छ ।

हाल काठमाडौं लगायतका केही हलहरुमा हिन्दी चलचित्रहरु कट्टीबट्टी,किसकिसको प्यार गरुँ,क्यालेन्डर गर्लस् र वेलकम व्याक प्रदर्शन भैरहेका छन् ।

Comments

comments