काठमाडौँ  । बर्षको राजनीतिक जीवनको एक अध्याय सकियो । असोज ३ मा जनताको संविधान आयो । विभिन्न उपलब्धी संस्थागत भयो । हाम्रो लागि खुसीको दिन हो । अविस्मरणीय दिन हो । खुसी साटन चाहन्छु ।

२००७ मा केशरजंग रायमाझीले संविधानसभाको कुरा उठाए । २०४६ सालमा हामीले उठायौँ । त्यसबेला हामी पातलो मसालमा थियौँ । मोटो मसालमा रहेका प्रचण्डले विरोध गरे । २०५२ मा ४० सुत्रीय ज्ञापन पत्र बुझाउँदा मैलो संविधानसभाको माग राखेको थिए । २०६० मा संविधानसभावारे लेख लेख्दा कारवाही गरियो ।

तर, पछि ज्ञानेन्द्रको कु पछि यो मुद्धा सही रहेछ भनेर चुङवाङ वैठकबाट पार्टीले नै नीति बनायो । त्यहिबाट १२ बुँदे, अन्तरिम संविधान हुँदै संविधानबाट संविधान जारी भयो । पार्टीले मलाई यस अवधीमा संविधानसभामा संवैधानिक समितिको जिम्मेवारी दियो, त्यसका लागि म धन्यावाद दिन चाहन्छु । संविधान जारी हुनु अगाडि हामीले असन्तुष्टलाई ल्याउन खोज्यौँ, अरु मानेनन् बिजय गच्छदार रुँदै गए ।

संविधान जारी हुँदा सवैले दीपावली नगर्ने अबस्था आउनु दातमा ढुंगा लागेजस्तो भयो । खुसी लाग्दा पनि खुसी हुन सकिनँ । संविधान प्रगतिशिल भएपनि थारु, मधेशी, महिला, शासकीय स्वरुप, विशेष गरि प्रत्यक्ष कार्यकारी हुन सकेन । त्यहि भएर फरक मतसहित संविधान जारी गरेको हो । संविधान जार िगर्नु ठुलो होइन । कार्यन्वयन ठुलो हो ।

आज जनता आन्दोलनमा छन् । जसले त्याग गर्यो आन्दोलनमा छ । तर, गणतन्त्र स्वीकार नगर्ने खुसी मनाउँदै छन् । थारु र मधेशीमा हाम्रो ठुलो गल्ती भयो । यसको बहानमा दक्षिणले प्रत्यक्ष, अप्रत्यक्ष ठुलो दवाव दियो । अघोषित नाकाबन्दी गर्यो । यो स्वीकार्य छैन । म भत्र्सना गर्छु ।

छिमेकीले सुझाव मात्र दिने हो । निर्णय हामीले गर्ने हो । संविधानको विरोध हुन्छ भनेर सामाजिक संजालमा मैले पूर्व जानकारी दिदाँ मैलै नै गराएकोसम्म भनियो । यसले मलाई दुख लागेको छ ।

सूचनाको ग्याप छ । मैलै पहिला नै सीमाका जनतालाई हाम्रोपक्षमा राख्न सकिएन भने दक्षिणले खेल्नसक्छ भनेको थिए, अहिले त्यहि भयो । टुकी र साइकल चढने राष्ट्रवादको काम छैन । प्रगतिशिल राष्ट्रवाद चाहिन्छ । हामी आत्मनिर्भर बन्न सक्नुपर्छ । नेताहरुले अहिले जसन अडान लिएका छन् म खुसी छु ।

अव चुनावमा दूतावासबाट पैसा माग्ने, दूतावासमा छात्रवृत्रि माग्ने, विरामी हुँदा विरामीको पैसा लिएर उपचार गराउने प्रवृति अन्त्य हुन्छ भन्नेमा म विश्वस्त छु । नेताहरुको अडानबाट खुसी छु । अव आरोप–प्रत्यारोप भन्दा आन्दोलनरत दलको जायजमाग पुरा गर्नुपर्छ ।

नाजायज माग पुरा हुँदैनन् । मधेशले थारु बाहुल प्रदेश बनाउने र वाकी समस्या आयोगलाई दिने हो भने आजको समस्या समाधान हुन्छ । अखण्ड नेपालभित्र प्रदेश गठन गरेर विखण्डनको विरु रोक्नुपर्छ ।

संघीयताको खोल ओडेर दक्षिणले खेल्दै छ भन्ने या भारतका नाममा पाखण्डी राष्ट्रवाद देखाएर जनताको माग खोस्दैछौँ । बैशाख १२ को भुकम्पपछि जनता पीडामा छ । सरकारलेकेही गरेन । मैलै पुन निर्माण प्राधिकरणको कुरा उठाए । यसलाई अपांग बनाइयो । त्यो पनि अनुमोदन नगरि त्यत्तिकै गयो । संविधानपछि अव भुकम्पपीडितको लागि लाग्नुपर्छ ।

पार्टी साधन मात्र हो । अर्को युगका लागि नयाँ ढंगको पार्टी खाँचो हुन्छ । अव नयाँ युगका लागि नयाँ विचार, शैली र नेतृत्व चाहिन्छ । बाबुराम भट्टराईले एमाओवादीपार्टी त्यागे । सभासद्बाट पनि राजीनामाको घोषणा । अव कुनै पार्टीको सदस्य छैन । सवै जिम्मेवारीबाट राजीनामा । अव कसरी जाने भन्ने सोचेको छैन । संविधानसभाबाट पनि राजीनामा गरेको छु ।

(बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गर्न ९ असोजमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यक्त विचारको अंश । )

Comments