काठमाडौं । तराईमा आन्दोलनरत मधेसी मोर्चाका एउटा घटक नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र भारतीय जासुस संस्था र का पूर्व प्रमुखबीच काठमाडौंमा गोप्य वार्ता भएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले चार पटक वार्ताको आह्वान गर्दा पनि राजधानी नआएका महतो भारतीय जासुसी एजेन्सी र का पूर्व प्रमुखबीच शुक्रबार साँझ करिब तीन घण्टा भेटवार्ता भएको स्रोतले बताएको छ । मधेश आन्दोलन सफल नभएसम्म राजधानी नर्फकने घोषणा गरेका महतो राजधानी आए लगतै भारतीय दुतावास पुगेका थिए । उनले शुक्रबार साँझ करिव ३ घण्टा भारतीय दुतावासमा बिताएको स्रोतले बताएको छ । भारतीय जासुसी एजेन्सी र का पूर्वप्रमुख आवेश विहारी माथुरलाई भेट्न दुतावास पुगेका महतोले तीन घण्टा छलफल गरेका थिए ।

इटहरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले चिनियाँ झण्डा जलाएपछि महतो लगायत भारतीय दुतावास पनि दवावमा पर्दै आएको छ । भारतको समर्थनमा चलिरहेको आन्दोलनमा चिनियाँ झण्डा जलेपछि चीन सरकारले कडा आपत्ति पनि जनाएको थियो ।

चीनको आपत्तीपछि मोर्चासम्बद्ध दलका नेताहरुबीच विवाद सुरु भएको छ । चीनको झण्डा जलाउनु ठिक भएको पक्षमा महतो छन् भने संघिय समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव झण्डा जलाउनु गलत बताउँदै आएका छन् ।

Comments