काठमाडौं । केही दिनदेखि भारतसँगको नेपालको सीमा नाकामा अवरोध पुर्याउँदै आएका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुन थालेको छ ।

पश्चिम नेपालको नेपालगन्ज–रूपैडिया नाकामा सवारी साधनहरुको आवागमनमा अबरोध पुर्याउन पुगेका मधेशवादी दलका कार्यकर्ता र प्रहरीबीच शनिवार झडप हुँदा ४ प्रहरी र ५ जना प्रर्दशनकारी घाईते भएका छन् ।
प्रर्दशनकारी र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका नायब निरीक्षक सई दिलबहादुर घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कलम बिक, कमल खनाल घाइते भएका छन् ।

प्रर्दशनकारी मध्येकी ममता बाँनियाको दायाँ खुटटामा गम्भीर चोट लागेको छ । यस्तै प्रदर्शनकारी तर्फ बानियाँ, जगधिश बहादुर  सिंह, अमृतलाल कुर्मी, रामकुमार सोनी, र जमिन शेख घाइते भएका छन्। अन्य घाईतेहरुको अबस्था सामान्य छ ।
प्रहरीले प्रर्दशनमा रहेका केही नेताहरूलाई नियन्त्रणमा लिन खोजेपछि प्रर्दशनकारी र प्रहरीबीच झडप भएको संघीय समाजवादी पार्टी फोरमका केन्द्रीय सदस्य जगघिबबहादुर सिंहले बताए ।

घाईते प्रर्दशनकारी र प्रहरीको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भई रहेको छ।
प्रहरीसँगको झडप पछि प्रर्दशनकारीहरू सीमापारी भारतीय क्षेत्रमा पुगेका छन् । भारतीय क्षेत्रमा बसेर प्रर्दशनकारीहरुले नेपाली सुरक्षाकर्मीहरु माथि ढुंगा प्रहार गरेका थिए ।

भारतीय भूमिबाट मधेशबादी दलका कार्यकर्ताहरुले  नेपाली भूमिमा रहेका नेपाली सुरक्षाकर्मीहरुलाई ढुंगा हाने पछि भारतीय सुरक्षाकर्मीहरुले प्रर्दशनकारीहरुलाई लखेटेको छ ।

सीमामा झडप भएपछि भारतीय नाका हुँदै नेपाल भित्रने मालबाहक ट्रक तथा अन्य सवारी साधनहरु समेत भारतमै रोकिएका छन् ।

Comments