साउथ वेल्स । गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलिया र यहाँ रहेका सम्पूर्ण नेपाली संघ सस्थाहरुबीच संस्थागत एकताको प्रयास भएको छ ।

केही समय अघि बसेको संयुक्त बैठकमा साउथ अष्ट्रेलियामा हुने सामुदायिक कार्यक्रमहरुमा सबै सस्थाहरुले सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको छ । उक्त बैठकले सबै सस्थाका अध्यक्ष रहने गरी एउटा समिति पनि निर्माण गरेको छ । बार्षिक क्यालेन्डर नै निर्माण गरेर यहाँ हुने कार्यक्रमहरुलाई अझै बृहत बनाउँदै अन्य समुदायका साथै साउथ अष्ट्रेलियाको कुटनीतिक क्षेत्रको पनि सहभागिता गराउन पहल गर्ने भएको योजना निर्माण गरेको एनआरएनए साउथ अष्ट्रेलियाका सचिव नवीन पन्तले जानकारी दिनुभयो । उक्त बैठकमा कन्सुलेट अफिस साउथ अष्ट्रेलिया,एडीलेड नेपाली समाज अष्ट्रेलिया ,ईनास अष्ट्रेलिया,बोटल फर स्कुल,एडीलेड खुकुरी फुटबल कलब , नेपाली फुटबल क्लब , एडीलेड नेप्लिज नेर्सेस एण्ड मिडवाइपÞm सोसाइटी, एडीलेड नेप्लिज क्रिकेट एसोसियसन, एडीलेड नेप्लिज वुमन्स एसोसियसन लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा उपस्थित सम्पूर्ण सस्थाका पदाधिकारीहरुले यो प्रयासलाई सकारात्मक रुपमा लिदै यो सामुदायिक आवश्यकता भएको बताएका थिए । यहाँ हुने कार्यक्रमहरु , अभियानहरुलाई सफल गराउनको लागि नेपाली समुदायको एउटा साझा चौतरीको निर्माणले ठूलो सहयोग हुने साथै यस मल्टिकल्चर देशमा नेपालीहरुको आफ्नो पहिचान स्थापित गर्न समेत ठुलो भूमिका खेल्ने बैठकमा सहभागीहरुले बताउनुभएको थियो ।

Comments

comments