काठमाडौँ  । नेपाली युवतीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर द्वन्द्वग्रस्त मुलुक इराक पुराएर जोखिमपूर्ण कामका लागि बेच्ने गिरोह मधेस आन्दोलनसँगै सलबलाएको पाइएको छ ।

स्थलमार्गबाट भारतको नयाँदिल्ली पुराएर प्रतिबन्धित मुलुक इराक पुर्याउन हिँडेका सात युवतीलाई प्रहरीले सोमबार थानकोट नाकाबाट उद्धार गरेको हो । सिन्धुपाल्चोक र गोरखाका सात युवतीलाई इराक लैजान लागेका २ दलालसमेत पक्राय परेका छन् ।

डलरको लोभमा श्रीमानलाई समेत नभनी उनीहरु हिँडेका थिए ।

Comments