काठमाडौँ । प्रधानमन्त्री सुशील कोईरालाको आसन्न अमेरिका भ्रमण रद्द भएको छ । मन्त्री परिषदबाट समेत अमेरिका भ्रमणको निर्णय गरि संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका जना लाग्नु भएका प्रधानमन्त्रीले अन्तिम समयमा भ्रमण रद्द गर्ने निर्णय गर्नुभएको हो ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले प्रधानमन्त्रीको प्रमण रद्द भएको पुष्टि गर्नु भएको छ । पछिल्लो समय संविधान घोषणा लगत्तै देशको स्थिति जटिल बन्दै गएपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण रद्द गर्न दवाव बढ्दै आएको थियो । संयुक्त राष्ट्र संघको ७० औ महासभामा भाग लिन प्रधानमन्त्री सहित १७ सदस्यीय टोली आजै त्यस तर्फ जाने कार्यक्रम थियो । भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्र पति र भारतीय प्रधानमन्त्रीलाई समेट भेट्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको अमेरिका भ्रमण सहज बनाउन ब्यवस्थापिका संसदको अधिवेशन समेत स्थगित गरिएको थियो ।

अमेरिका भ्रणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य परिक्षणको कार्यक्रम समेत रहेको थियो ।

Comments