काठमाडौं । अघिल्ला बर्षहरु झै यस पटक दशैमा पनि काठमाण्डौका ब्यवसायिक मलहरुमा खासै चहल पहल देखिएको छैन । हरेक बर्ष ब्यापारिक मलहरुमा दशैको समयमा आर्कषक योजनाहरु प्रस्तुत हुने गर्छन । तर यो बर्ष त्यस्तो खासै रौनकको कुनै पनि योजना देखिएको छैन । बैशाख १२ गते गएको भूकम्पको त्रास र एक महिना भन्दा बढी समय देखिको बन्दले राजधानीमा ब्यस्त देखिने मलहरुमा पनि यस पटक खासै ब्यापारिक कारोवार भएको देखिर्दैन ।  यसपालिको दशैमा पनि खासै उत्साह नदेखिएको मलमा ब्यापार गरिरहेका ब्यापारीहरुको भनाई छ ।

दशै नजिकै आइपुग्दा पनि सपिङ मलमा यो बषै चहल पहल देखिएको छैन । अघि पछि दर्शै जस्ता चाडपर्वहरुमा दशैको समयमा सर्वसाधारणहरु ब्यापारिक मलमा घुइचो लाग्ने गथ्यो । तर यस पटक चाडपर्व नजिकै आइपुग्दा पनि किनमेल गर्नेहरुको खार्सै चहल पहल देखिएको छैन ।  बैशाख १२ गते गएको बिनाशकारी भूकम्प पश्चात यतिखेर किनमेलको लागि त परै जाओस घुम्न मात्रको लागि पनि सर्वसाधारणहरुको भीड त्यति देख्न पाइदैन । दशैको छेउछाउ नजिकिदै गर्दा मलहरुको तामझाम बेग्लै हुने गरेकोमा यो बर्ष ब्यापारीहरुमा खासै उत्साह देखिदैन । यस पटक ब्यापारीहरु पनि निराश देखिएका छन ।

भूकम्प अघिको ब्यापारको तुलनामा अहिले त करिब शत प्रतिशत नै ब्यापार घटेकोले यसपालिको दशैमा पनि ग्राहक सन्तोषजनक नहुने बताउँछन् ब्यापारीहरु । भूकम्प पश्चात मलमा किनमेल गर्न आउने ग्राहक निकै कम भएको ब्यापारीहरुको भनाई छ ।

चाडपर्व आदिमा दैनिक दुइ लाख सम्म पनि ब्यापार गरेको अनुभव रहेकोमा अन्य सामान्य दिनमा दैनिक १५ देखि २० हजारको ब्यापार हुने गरेको गुनासो मलमा पसल थापेर बसेकाहरुको गुनासो छ ।

महँगो भाडाको चाप र भूकम्प पश्चात सर्वसाधारणहरु मलमा छिर्न समेत अनकनाइरहेको बिचमा यतिखेर मलमा ब्यापार गर्नेहरु दशैको अवसरले पनि खासै उत्साहित देखिएका छैनन् ।

Comments