टोक्यो । जापानमा के पाइन्छ ? भनेर कसैले सोधे भने जवाफ आउँछ–सबथोक पाइन्छ । हो,जापान मात्र यस्तो देश हो जहाँ पैसा भए सबथोक पाइन्छ । जस्तो यहाँ आमा,बाबु,ब्वाइ फ्रेण्ड,गर्लफ्रेण्ड,सेक्स पार्टनर सबथोक भाडामा पाइन्छ । कतिसम्म भने तपाईको दैनिकी सम्हालिदिने अस्थायी श्रीमान् वा श्रीमतीसम्म पाइन्छ जापानमा ।

यसरी दिनदिनै पैसामुखी बन्दै गएको जापानको जीवनशैली भने  पट्यारलाग्दो बन्दै गएको छ । काम र पैसाका लागि दौडिदा दौडिदा यहाँका मान्छेहरुको आफ्नो जीवन,घर गृहस्थी सबथोक विरानो बन्दै गएको छ । यहाँका मान्छेहरु यति एकलकाँटे बन्दै गएको छ कि दुख पर्दा सँगै एक क्षण रुनलाई सम्म साथ दिने कोही छैन । यहाँका मान्छेहरुको यही समस्यालाई ध्यानमा राखी टोक्योमा एउटा यस्तो अनौठो सेवाको शुरु भएको छ,जसको बारेमा पढेर तपाईलाई शुरुमा आश्चर्य लागे पनि राहत महसुस गराउँछ ।

यो सेवापछि कसैले पनि अब एक्लो महसुस गरिरहन पर्दैन । मनभरिको पीडा खोलेर विसाउँन सकिन्छ । छाँद हालेर रुन पाइन्छ । अर्थात महिलाहरुका लागि ध्यानमा राखेर शुरु गरेको यो सेवाले महिलाको रोजाइ अनुसारको आकर्षक केटाहरु भाडामा उपलब्ध हुनेछ । ती केटाहरुको काम सेवाग्राही महिलाले बोलाएको ठाउँमा जाने,ती महिलालाई उनीहरुका दुख,पीडा,अभाव,सपना आदिका बारेमा भावुक कुराहरु सुनाएर रुन उत्प्रेरित गराउँनु हो । जब ती महिलाहरु रुन थाल्छन्,अनि मायाले काँधमा,कपालमा सुमसुम्याउँदै उनीहरुका आँसु पुछिदिन्छन् ती केटाहरुले ।

महिलाहरुमा बढ्दै गएको एक्लोपन,तनाव र डिप्रेसनलाई कम गर्न र उनीहरुलाई जीवनप्रतिको मोह बढाउँन यो सेवा शुरु गरिएको सञ्चालक कम्पनी इकेमेसोको भनाइ छ । इकेमेशो कम्पनीको नामले नै यो कस्तो कम्पनी हो भनेर सजिलै अनुमान लगाउँन सकिने उसको दाबी छ । इकेमेनको अर्थात जापानमा आकर्षक केटा हो । यस्तै मेसोमेसोको अर्थ रोइरहेको भन्नु बुझिन्छ । रोइरहेका युवतीहरुलाई सेवा दिने आकर्षक केटा भन्ने अर्थमा कमप्नीको नाम इकेमसो राखिएको कम्पनीको दाबी छ ।

यो सेवा लिन चाहने महिलाहरुले आफूले लिने समय अनुसार शुल्क तिर्नुपर्छ । न्यूनतम ७९०० येन शुल्क निर्धारण गरिएको छ ।

सेप्टेम्वर २४ तारिखदेखि सेवा आरम्भ गर्न लागिएको इकेमेसो कम्पनीले जनाइए अनुसार अहिले नै धेरै केटाहरु बुक भैसकेको छ । यो सेवा जन्मदिन वा विवाहको एनीवर्सरी जस्ता विशेष दिनमा समेत एक्लै भएका महिलाहरुका लागि अझ प्रभावकारी हुने कम्पनीको सुझाव छ । तर हाललाई यो सेवा जापानी नागरिकका लागि राजधानी टोक्योमा मात्र उपलब्ध छ ।

Comments

comments