काठमाडौँ  । आइतबार सबेरै ललितपुरको महालक्ष्मी स्थान चोक र पुल्चोकमा बम फेला परेको छ  । बम फेला परेको खबर फैलिएपछि बिहानैदेखि आसपासको क्षेत्रमा आवतजावतमा रोक लगाइएको थियो ।

महालक्ष्मीस्थानको बम करिब एकघण्टापछि सवा ६ बजेतिर सेनाले बम डिस्पोज गरेको हो । डिस्पोजल गर्ने क्रममा ठूलो आवाज आएको थियो । बमसंगै  नेकपा माओवादीको पर्चा समेत फेला परेको छ । यता पुल्चोकमा चिया पकाउने भाँडोभित्र राखिएको बम पनि डिस्पोज गरेको छ ।

Comments

comments