जापान , टोकियो । अस्ट्रेलियामा रहेर साहित्यको बिकासमा  कृयाशिल संचारकर्मी तथा लेखक भीमसेन सापकोटालाई यस वर्षको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ अनेसास हिरो-2015 ‘ अवार्ड प्रदान गरिएको छ ।

प्रवासमा रहेर नेपाली भाषा साहित्यको प्रवर्द्दन गर्ने विभिन्न देशका ब्यक्तित्वहरूलाई सो अवार्ड प्रदान गर्ने गरिन्छ । जापानको टोकियो स्थित इकेगामिमामा आयोजित अनेसासको चौथो सम्मेलन मार्फत सो पदक प्रदान गरिएको हो । सापकोटा अस्ट्रेलियाको साहित्यिक माहोल सिर्जना गर्न विषेश योगदान  गर्दै आउनु भएको छ।

सापकोटा अस्ट्रेलियाको पहिलो अनलाइन मिडिया ‘ असनेपालन्युजको समाचार’ को सम्पादक समेत हुनुहुन्छ । उहांको ‘भत्किएको  पर्खाल’ नामको पूर्णङ्की नाटक  , पर्यावरण पर्यटन पुस्तक , विभिन्न फुटकर कविता ,गित , गजल , मुक्तक कथा सार्वजनिक छन्। अनेसासको केन्द्रिय उपाध्यक्ष तथा र अस्ट्रेलिया न्यु साउथ वेल्स को अनेसास सस्न्थापक अध्यक्ष हुनुहुन्छ ।

यसरी अनेसास हिरो अवार्डले बिभुषित हुनेहरूमा  सापकोटासँगै अन्यमा , एन आर एन आइ सि सि का उपाध्यक्ष् भावन भट्ट , तथा   डा रुपक श्रेष्ठ ,मोहन सिटौला ,  भवन भट्ट, माइकल हट , डा कविता लामा ,कुमार बस्नेत लाई प्रज्ञा प्रतिस्ठानका कुलपति गंगाप्रसाद उप्रेति तथा अनेसासका केन्द्रिय अध्यक्ष पदम   विश्वकर्मा ले संयुक्त्त रुपमा प्रदान गर्नु भयो । अनेसासले हरेक वर्ष विभिन्न क्षेत्रमा कलम चलाऊने प्रवासि प्रतिभाहरूलाई प्रतिभाको कदर सहित सो अवार्ड प्रदान गरिन्छ । चौथो सम्मेलन मूल आयोजक समिती मध्येको पदक छनौट समितिले सो ‘अनेसास हिरो ‘पुरस्कार छनौट गरेको थियो ।  सो अवार्ड अन्तर्गत प्रमाणपत्र र मेडल रहेको छ ।

अनेसासले अनेक पुस्तक प्रकाशन , सिर्जना विस्तार , सर्जक सम्मान, नेपाली साहित्यको अङ्रेजी अनुवाद , प्रतिभा प्रेरणा लगायतका कार्य गर्दै आएको छ । अनेसासको  ७०० भन्दा बढी आजीवन सदस्य , ४२ देशमा ८४ शाखा रहेका छन्न्।  २० हजार भन्दा बढी सादारण सद्स्य रहेका छन्। तीन दिन सम्म चल्ने सो कार्यक्रममा डा खगेन्द्र प्रसाद लुइंटेल आप्रवासि साहित्य र तिलक मल्ल  जापानमा नेपाली साहित्यको अवस्था लगायतका वारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । सो अवसरमा विभिन्न सर्जक हरूले आ-आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो ।

जापानको टोकियो स्थित इकेगामिमा सो कार्यक्रम आयोजना गरिएको हो ।

श्रोत : असनेपालन्युज

Comments

comments