( hk )विशेष सम्वाददाता, सिड्नी । विगत २ दशकदेखि अष्ट्रेलियामा रही सक्रिय रहँदै आउँनुभएका महेन्द्रकुमार  लम्सालले  आगामी सातौं गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा ओसेनिया क्षेत्रको संयोजक पदमा उम्मेदवारी दिनुभएको छ ।

शनिवार सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरि उहाँले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा उहाँले आफ्नो नीति तथा कार्यदिशासहितको घोषणापत्र समेत सार्वजनिक गर्नुभएको छ । एनआरएनसँग विगत एक दशकदेखि संलग्न रहँदै आउँनुभएका लम्साल अष्ट्रेलियन नेपाली समुदायबीच स्थापित व्यक्तित्व हुनुहुन्छ । यस्तै सन् २०१२ मा अष्ट्रेलियाली सरकारद्धारा मन्त्रीस्तरीय सुझाव समितिको सदस्यका रुपमा मनोनित उहाँको यहाँको सरकार तथा विभिन्न दलका प्रभावशाली नेताहरुसम्म राम्रो पहुँच र सम्बन्ध भएको व्यक्तित्वका रुपमा समेत लम्साल रहनुभएको छ ।

अष्ट्रेलियाबाट प्रकाशित हुने नेपाली टाइम्स पत्रिकाका प्रकाशक समेत रहनुभएका उहाँको उम्मेदवारीको घोषणाले अष्ट्रेलियामा रहेका नेपालीले मात्र ओसेनिया क्षेत्रका मुलुकहरु न्यूजिल्याण्ड,पपुवा न्यूगिनी र फिजीमा रहेका नेपाली समुदायबीच समेत उत्साह र अविश्वास बढेको छ ।

madan 1उहाँले सार्वजनिक गर्नुभएको घोषणा पत्र यस प्रकार रहेको छ :

आदरणिय एन आर एन प्रेमी मेरा अग्रज हरु, पत्रकार साथीहरु  तथा सम्पूर्ण  शुभचिन्तक दाजुभाई दिदी बहिनी हरु ।
गैर आबासिय नेपालीहरुको विश्व सन्जाल  एन आर एन ए  ले पछिल्लो चरणमा नेपालमा प्राप्त गरेको सम्मान र गरिमा अनि यो संस्थाको आवश्यकतालाई महसुस गरी नेपालको नयाँ संबिधानमै हुन लागेको गैरआबासिय नेपालीहरु सम्बन्धी ब्यबस्थाले यतिखेर हामी सबैलाई आफ्नो मातृभूमी प्रति अझ जिम्मेबार हुन घच्घचाएको छ । यसै सन्दर्भमा यही अक्टोबरमा  नेपालमा हुने गैर आबासिय नेपाली संघको सातौ  विश्व सम्मेलनमा हामी बसोबास गर्दै आएको अष्ट्रेलिया लगायत ओसेनिया  क्षेत्रको प्रतिनिधित्व पनि महत्वपूर्ण हुन पुगेको छ ।

एन आर एन ए  सँगको मेरो सहकार्य  करीब एक दशक देखिको हो भने हालसम्म समुदायिक एबम स्वयमसेबी संघ संस्थाका बिभिन्न तह र भूमिकामा रहेर मैले नेपाली समुदायको उत्थान र प्रबर्दनका लागि गरेको सक्दो प्रयासले  मलाई अझ बढी सकारात्मक सोचका साथ सामाजिक सेवामा जुट्ने प्रेरणा प्राप्त भएको छ । आगामी अक्टोबरमा काठमाडौंमा हुने एन आर एन को ७ औं बिश्व सम्मेलनमा हुने निर्वाचनमा ओसेनिया क्षेत्रको प्रतिनिधित्व गर्न क्षेत्रिय  संयोजकको भूमिकामा काम गर्ने उद्देश्यले उम्मेदबारी दिने निर्णयमा पुगेको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छु । अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको प्रतिनिधित्व गर्न बिगतमा अष्ट्रेलिया सरकारद्वारा दिईएको भूमिका निभाउन मैले गरेको सक्दो प्रयासले मलाई सामाजिक क्षेत्रमा गर्न सकिने काम केवल पदको लागि नभएर एउटा महत्वपूर्ण अबसरको सदुपयोगका लागि थियो, यसका कारण मलाई यहाँको बहुसांस्कृतिक समाजमा नेपालीहरुको भूमिका अभिबृदि गर्दै नेपाली पहिचानको लागि काम गर्ने अझ बढी प्रेरणा अबसर जुटेको ठानेको छु ।  एन आर एन ए  ओसेनिय क्षेत्रको संयोजकको भूमिका निर्बाह गर्न पाएको खन्डमा मैले अघि सारेका थुप्रै बिषय र कार्यक्रममा सफलता प्राप्त गर्न थप उर्जा प्राप्त हुने ठानेकाले मेरा उल्लेखित प्रतिबद्दता बूदागत रूपमा प्रस्तूत गर्ने जमर्को गरेको छु ।

१. हालैको बिनाशकारी भुकम्प पछिको परिस्थितीमा गैर आबासिय संघद्वारा संचालित राहत तथा अब हुने पूनःनिर्माणका योजनाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा गर्न सकिने काम र अघि सारिने योजनाहरुलाई सफल पार्न एन आर एन अाई सि सि ले  निर्देशिन गरे बमोजिम ओसेनिया क्षेत्रिय र एन आर एन अष्ट्रेलियाको कार्यसमिती सँग सहकार्य गर्ने ।

२. “एनआरएनएः पुनर्निर्माणको सच्चा साझेदार” भन्ने भाबनालाई आत्मसात गर्दै आगामी ७ औं विश्व–सम्मेलनमा प्रस्ताव गरिने पुनर्निर्माण सम्वन्धि कार्यपत्रहरुलाई मूर्तरुप दिन ओसेनिया  क्षेत्रवाट सक्दो सहयोग गर्ने र केही नमूना परियोजनाहरु ओसेनिया क्षेत्रको अग्रसरतामा भूकम्प प्रभावित क्षेत्रहरुमा संचालन गर्ने ।

३.”अनेकतामा एकता” भन्ने मूल–नाराका साथ सम्पन्न ओसेनिया क्षेत्रका राष्ट्रहरुको सन् २०१५ मा न्यूजल्याण्डमा सम्पन्न भेलाद्वारा पारित ९ वुदेँ प्रतिवद्धता कार्यान्वयनमा जोड दिने ।

४.“समृद्ध–नेपालका लागि लगानी र सृजनशीलता” तथा “समृद्ध–नेपालका लागि आर्थिक मार्गचित्र” भन्ने अभियानका साथ सन् २०१२ मा अष्ट्रेलियाको सिड्नीमा ७ औं क्षेत्रिय सम्मेलन, सन् २०१४ मा जापानको तातेसिनामा सम्पन्न ८ औं  क्षेत्रीय सम्मेलन तथा  “गैरआवासीय नेपाली र नेपालः समृद्धिका साझेदार”  अभियानका साथ सम्पन्न छैठौं गैरआवासीय नेपाली विश्व-सम्मेलन-२०१३, काठमाडौंद्वारा पारित घोषणा–पत्रहरुमा उल्लेखित प्रस्तावहरु तथा प्रतिबद्दताहरुलाई प्रभावकारी ढंगबाट कार्यन्वयन गर्न गराउन सहज भूमिका खेल्दै आबश्यक कदमहरु चाल्ने।

५. यस क्षेत्र अन्तर्गत का बिशेष गरी  अष्ट्रेलिया र न्यू जील्याण्ड स्थित दूताबास तथा महा बाणिज्य दूताबाससँग सहकार्य गरी नेपालको पर्यटन बिकास तथा प्रबर्धन सम्बन्धी बिशेष कार्यक्रम ल्याउने ।

6.हालसम्म विश्वको ७१ देशमा विस्तार भएको एनआरएनका राज्य समितिहरुलाई बिस्तार गर्ने क्रममा ओसेनियाका अन्य मूलूकहरुमा नेपालीहरुको उपस्थितीको सोध खोज गरी एन सि सि गठन कोलागि  पहल गर्ने ।

गैर आवसिय नेपाली संघ ओसेनिया क्षेत्रको संयोजक पदमा उम्मेदबारी दिनकालागि मलाई प्रेरणा दिनुहुने समस्त शुभचिन्तक र सहयोगी मित्रबधुहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।

मेरा प्रतिबद्दता र घोषणाले विश्वब्यापी बन्दै गएको प्रबासी नेपालीको यो बिशाल सँजाल माझ नेपालीहरु बिचको भाईचारा अभिबृदि गर्ने काममा सानो भए पनि भूमिका खेल्न सकोस भन्ने आशा र भरोसा ब्यक्त गर्दछु ।
धन्यवाद ।

सुझाब का लागि : [email protected]

Comments

comments