काठमाडौं । सरकारले २६ वटा नयाँ नगरपालिका र एउटा उपमहानगरपालिका थपेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले नगरपालिका र उपमहानगरपालिकाको संख्या थपेको हो ।

कैलालीका फुलबारी र उर्मा गाविसलाई गाभेर धनगढीलाई उपमहानगरपालिका बनाइएको छ । यसअघि धनगढी नगरपालिका मात्रै थियो ।

शुक्रबारको मन्त्रिपरिषद बैठकको निर्णयपछि नगरपालिकाहरुको संख्या २१७ पुगेको छ ।

Please follow and like us:

Comments