काठमाडौं । धेरैलाई लाग्न सक्छ नेपालका प्रायःजसो नायक नायिकाले घरघडेरी र गाडी जोडीसके । तर नेपाली चलचित्र उद्योगमा राम्रैसँग जमेका धेरै कलाकारको बास अहिले डेरामै छ । त्यसो त डेरामा बस्नु र पैसा कमाउनु फरक कुरा हुन् । तर डेरालाई एउटा आधार मान्ने हो भने धेरै नेपाली कलाकारको कमाई सन्तोषजनक छैन ।

aryanचर्चामा आएर देश विदेश चहारेका नायक, नायिका अहिले महिनैपिच्छे घरधनीलाई भाडा बुझाउँदै बसेका छन् । ठूलो पर्दामा सुकिला, मुकिला र सभ्रान्त देखिने कलाकारलाई मासिक भाडा बुझाउन धौंधौ भएका बेला सानो पर्दा अर्थात टेलिश्रृंखलाका कलाकारले भने घर गाडी जोडिसके । हाँस्य टेलिश्रृखंलामा अभिनय गर्ने कतिपय नाम चलेका कलाकारका काठमाडौंमा भव्य महल र गाडी छन् । तितो सत्य’ का दीपकराज गिरी, दीपाश्री निरौला,मेरी बास्सै’ का केदार घिमिरे माग्ने बुढा सिताराम कट्टेल धुर्मुश,जिरे खुर्सानी’ का जितु नेपाल मुन्द्रे,मनोज गजुरेललायतका कलाकारको जीवनस्तर अभिनयबाट नै बदलिएको छ । टेलिभिजनमा प्रसारण हुने हाँस्य टेलिश्रृखंला र देश बिदेशमा हुने स्टेज कार्यक्रमले उनीलाई मनग्गे दाम कमाउने अवसर जुटायो । अभियनकै भरमा मेरी बास्सैका माग्ने बुढाले पाँच बर्षअघि ललितपुरको इमाडोलमा साढे दुई तले घर ठड्याइसकेका छन् । धुर्मुशको धापाखेलमा, दीपकराज गिरीको एयरपोर्टमा, जितु नेपालको नरेफाँटमा र मनोज गजुरेलको बालकोटमा घर छ । केदार घिमिरे,माग्ने बुढा’ भन्छन,काठमाडौंमा बाँचेर घर बनाउन धेरै गाह्रो छ ।

richaठूलो पर्दा अर्थात चलचित्रमा अभिनय गर्ने हिरो हिरोइन भने अझै डेरामै छन् । आफू अभिनित आधा दर्जन भन्दा धेरै फिल्म हिट भएका नायक आर्यन सिग्देलको बास अहिले पनि डेरामा छ । फ्ल्याट लिएर बसेका सिग्देल व्यस्त नायकमा पर्छन् । सिग्देल मात्रै हैन त्यसरी नै चलेका जीवन लुईटेल, राजवल्लभ कोइराला, सुमनसिंह पनि डेरामै बस्छन् ।

namrata-shrestha-inनायक मात्र हैन नायिकाको अवस्था पनि त्यस्तै छ । चलेका नायिकाहरु नम्रता श्रेष्ठ, ऋचा शर्मा, सुष्मा कार्की, नन्दिता केसी पनि डेरामै बस्छन् । पछिल्लो समयमा चलेका कलाकारको मात्र यो अवस्था हैन, झण्डै दुई दशक सिनेमा क्षेत्रमा बिताएका धेरै अभिनेताको अवस्था नाजुक छ । राते काँइला नामले परिचित अभिनेता सुनिल थापाको बसाई डेरामा नै छ । सुनिल थापा काठमाडौंको थापागाउँमा भाडामा बस्न थालेको बर्षौ भयो । थापासँगै सिनेमा क्षेत्रमा लागेका अर्का कलाकार दीपक क्षेत्रीको हालतपनि त्यही हो । क्षेत्री अझैसम्म पनि एउटा कोठामै दिन गुजार्दै आएका छन् ।

Comments

comments