काठमाडौं । संविधानसभाबाट नयाँ संविधान पारित भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दुत उच्चस्तरीय राजनीतिक भेटघाटका लागि शुक्रवार नेपाल आउने भएका छन् । प्

रधानमन्त्री सुशील कोइरला, राष्ट्रपति डा. रामवरण यादवसँग भारतीय प्रधानमन्त्रीका बिशेष दुत विदेश सचिव एस जयशंकरले शुक्रवार  नै भेट्ने भएका छन् ।  शुक्रबार विहान ९ बजे नेपाल आइपुग्ने जयशंकरले त्यसपछि अन्य दलका नेताहरुसँग पनि राजनीतिक भेटघाट गर्ने भएका छन् ।

सीमांकनको बिषयलाई लिइर आन्दोलनमा रहेका मधेसबादीको मागलाई सम्बोधन गर्न निरन्तर दवाव दिइरहेको भारतले एकाएक आफ्नो दुत नेपाल पठाउन लागेको छ । केही दिनअघि मधेसबादी दलले नेपालको संविधान निर्माण प्रक्रियामा हस्तक्षेप गर्न भारतीय प्रधानमन्त्रीलाई अनुरोध पत्र पठाएका थिए ।

संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्ट रहेको भारतले एकाएक आफ्नो दुत पठाएपछि नेपाली राजनीतिमा अर्काे हलचल पैदा भएको छ । नेपालमा संविधान जारी भए अनिष्ट हुने भारतीय बिश्लेशकहरुले बिश्लेषण गरिहेका बेला भारतीय प्रधानमन्त्री मोदीले आफ्ना बिशेष दुत नेपाल पठाएका छन् ।

Comments

comments