मेलबर्नमा । सन्दिप क्षेत्रीको परिचयका लागि कुनै शब्द खर्चनु पर्दैन । किनभने उनको नाम र अनुहार नै पर्याप्त छ यसका लागि । स्ट्याण्डअप कमेडीको हिरो नै भने हुन्छ उनलाई ।

त्यसैले त टेलिभिजनमा फ्लप शो चलाए पनि उनको शो मात्र होइन उनी आफैं पनि हिट छन् । उनै फ्लप शो मार्कका सुपर हिट कमेडियन हिरो सन्दिपको चटपटे प्रस्तुति अब मेलबर्नका दर्शकहरुले पनि प्रत्यक्ष हेर्न पाउँने भएका छन् ।
यही आइतवार अर्थात सेप्टेम्वर २० मा हुन लागेको स्प्रिङ मेलोडिज–२०१५ को प्रमुख आकर्षण मध्येका एक हुन् सन्दिप । अनि उनीसँगै रहनेछन् बहुप्रतिभाशाली कलाकारहरु धर्मेन्द्र सेवान र कमल खत्री पनि ।

चहलपहल मेलबर्न र साथी इन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको  स्प्रिङ मेलोडिज–२०१५ मा नेपालबाट आमन्त्रित यी युवा कलाकारहरुको प्रस्तुतिले ऊक्त कार्यक्रम साँच्चिकै यादगार हुने अपेक्षा गरिएको छ ।

मेलबर्नमा हुने स्प्रिङ मेलोडिज–२०१५ लाई कँडेल कन्सल्टेन्सीले आधिकारिक रुपमा प्रायोजन गरेको छ ।

Comments