एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले चाँडै नै डिसलाइक बटन ल्याउँने घोषणा गरेको छ । प्रयोगकर्ताहरुको लामो समयदेखिको माग र तीव्र वहसकाबीच फेसबुक अन्ततः डिसलाइक बटन ल्याउँने निर्णयमा पुगेको हो ।

मंगलवार एउटा समारोहमा फेसबुकका प्रमुख मार्क जुगरबर्ग आफैंले यस कुराको खुलासा गरेको हो । तपाईहरुको लामो समयदेखिको प्रतीक्षा अब सकियो । आजको दिन महत्वपूर्ण रहनेछ । किनकि आज म फेसबुकले चाँडै नै डिसलाइक बटन ल्याउँन लागेको कुरा सार्वजनिक गर्न चाहन्छु,मार्कको कथन थियो । सबै घट्ना र पल सुखद र सहरात्मक हुँदैनन् भन्नेमा हामी पनि सहमत भएका छौं,मार्कले थपे ।

डिसलाइक बटनले नकरात्मक सन्देश प्रवाह गर्ने आशंकामा यस्तो बटन ल्याउँने या नल्याउँने भन्नेमा फेसबुक लामो समयदेखि द्धिविधमा थियो ।

Comments

comments