काठमाडौं । नेपालले एएफसी अण्डर सिक्सटिन च्याम्पियनसिप छनौट खेलको आफ्नो पहिलो खेलमा आज जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ ।

कीर्गिस्तानको डोलेन उमरजाकोभ मैदानमा हुने खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजेबाट सुरु हुनेछ ।
समुह बी मा रहेको नेपाल शत प्रतिशत जीत हात पार्ने लक्ष्य सहित मैदान उत्रनेछ । नेपाली टोलीका प्रशिक्षक उपेन्द्रमान सिंहले  जीत हातपार्नु त्यति सजिलो नभएको बताए । प्रि म्याच कन्फरेन्समा बोल्दै उपेन्द्रमानले सबै प्रतियोगिता चुनौतीपूर्ण भएपनि उमेर समूहमा केही भन्न नसकिने प्रतिृकया दिए ।

भारतमा हुने एएफसी अण्डर सिक्सटिन च्याम्पियनसिप कपका लागि छनौट हुने बताउदै आफ्नो टोलीबाट सुन्दर फुटवलको अपेक्षा गरेको बताए । त्यस्तै जोर्डनका प्रशिक्षक अब्दुल्लाह क्वेतातीले सबै टिमलाई सम्मान गर्ने बताउनै बिजेताका रुपमा छनौट हुने बताए ।

कुल १६ टिमले फाइनल चरणमा सहभागिता जनाउनेछन् । दश विजेता र ५ उत्कृष्ट उपविजेताले भारतमा हुने फाइनल चरणको प्रतियोगीतामा सहभागिता जनाउनेछन् । भारत आयोजकका रुपमा छनौट भइसकेको छ ।

Comments