काठमाडौ । संविधानसभाको बैठकमा आज पनि संविधान पारित प्रक्रिया जारी रहनेछ ।

बैठक बिहान १० बजे बस्दैछ । हिजोसम्म संविधानसभाको  बैठकले ४ भाग र ५७ धारा पारित गरेको छ । आज बाँकी धारा पारित गरिनेछ । संविधानमा ३ सय २ धारा रहेका छन् । राज्यको संरचना र राज्य शक्तिको बाँडफाट सम्बन्धी व्यवस्था गरिएका धारा ५६ र ५७ पारित गरेपछि बैठक स्थगित गरिएको थियो ।

अहिले संविधानसभामा रहेको ५९८ मध्ये ५४० सभासद अहिले उपस्थित छन् र यो उपस्थिति ९०.३१ प्रतिशत रहेको छ । त्यसको दुई तिहाई पुराउन ३६० जनाले समर्थन गर्नुपर्छ । तर, संविधानसभामा तीन सय  ९९ जना मात्र उपस्थित भए पनि संविधान पारित गर्न बाधा पुग्दैन । संविधानका धाराहरू सामान्यत ध्वनिमत अर्थात् हुन्छ र हुन्न भनेका आधारमा पारित भइरहेका छन् ।

Comments

comments