काठमाडौं । बलिउड अभिनेता रणबीर कपूरको यतिखेर खराब दिन चलिरहेको छ । एकपछि अर्को गर्दै उनी अभिनित फिल्महरु असफल हुँदै आएपछि उनको स्टारपावरमाथि नै प्रश्न उठ्न थालेको छ । तर अरुले मानून या नमानून् रणवीरकै पूर्व प्रेमिका दीपिका पादुकोणको नजरमा रणवीरको स्टारडम निकै ठूलो छ ।

हालै एक कार्यक्रममा रणवीरको ओरालो लाग्दै गएको करियरको बारेमा टिप्पणी गर्दै उनकी पूर्व प्रेमिका दीपिकाले सबैको जीवनमा आरोह अवरोह आउँनु स्वभाविक भएको बताइन् । कहिले काहीं भाग्यले साथ नदिएर ओरालो झर्दैमा उसको क्षमतामाथि प्रश्न उठाउँन नमिल्ने उनको धारणा छ । रणवीर ठूला स्टार हुन् भन्ने कुरा हामी सबैलाई थाहा छ । त्यसैले उनको यी खराब दिनहरु पनि केही समयपछि आफैं हटेर जानेछन्,दीपिकाको विश्वास छ ।

रणवीर र दीपिका अब चाँडै रिलिज हुने इम्तियाज अली निर्देशित फिल्म “तमाशा“ मा एकैसाथ देखा पर्दैछन् । रणवीरको पछिल्लो तीन फिल्म “बेशरम“, “राय“ र  “बाम्बे वेलवेट“ बक्सअफिसमा फ्लप भएको थियो । त्यसैले दीपिकासँगको “तमाशा“ रणवीरको करियरका लागि समेत महत्वपूर्ण फिल्मको रुपमा हेरिएको छ । दीपिकाको विश्वास छ कि यो फिल्मबाट रणवीरले हराउँदै गएको आफ्नो स्टारडम फिर्ता पाउँनेछन् । यो जोडीले यसअघि  “बचना ऐ हसीनो“ र “ये जवानी है दीवानी“ मा सँगै काम गरिसकेका छन् भने दुवै बक्स अफिसमा निकै सफल सावित भएको थियो ।

यो जोडीको नयाँ फिल्म तमाशा आगामी नोभेम्वर २७ तारिखमा रिलिज हुनेछ ।

Comments

comments