एजेन्सी  । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले स्पानियोललाई ६–० ले हराएको हो ।

रियलको जितमा क्रिष्टियानो रोनाल्डो नायक बने । उनी एक्लैले पाँच गोल गरे भने अर्को एक गोल करिम बेन्जिमाले गरे । खेलको सुरुवातको सातौं मिनेटमानै गोल गर्दै रानोल्डोले रियललाई सुरुवाती अग्रता दिलाए । त्यसको १० मिनेटपछि पेनल्टीको अवसर सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरे । २० औं मिनेटमा ह्याट्रिक पुरा गरेका रोनाल्डोले रियललाई ३–० को अग्रता दिलाए । २८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता ४–० को अवस्थामा पु¥याए ।

रियल हाबी भएको खेलमा रोनाल्डोले ६१ औं मिनेटमा व्यक्तिगत चौंथो गोल गर्दै लिएलको अग्रता ५–० बनाए । ८१ औं मिनेटमा व्यक्तिगत पाँचौं गोल गरेका रोनाल्डोले रियललाई ६–० को जित दिलाए । जितपछि रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । रियलको तीन खेलबाट सात अंक भएको छ ।

स्पानियोल भने समान तीन खेलबाट तीन अंकसहित तालिकाको दशौं स्थानमा छ । शनिबार राति नै भएका अरु खेलमा भ्यालेन्सियाले स्पोर्टिङ डि गिजोन र रियल बेटिसले रियल सोसिडाडलाई समान १–० ले हराएका छन् ।

Comments

comments