टोक्यो । तपाई कल्पना गर्नुहोस् त । व्यस्त जीवनशैली भएको जापानमा तपाई दिनभरि काम गरेर थाक्नुहुन्छ र साँझ घर फर्कनुहुन्छ । तर जब तपाई घर पुग्नुहुन्छ तपाईलाई राम्री श्रीमतीज्यूले मन्द मुस्कानका साथ ढोका खोलिसदिन्छिन् । त्यतिञ्जेलसम्म उनले तपाईलाई मनपर्ने मीठो मीठो परिकार पनि पकाइसकेकी हुनेछिन् । अनि तपाई विकिनी मात्र लगाएकी उनीसँग गफिदै प्रेमका मीठा मीठा कुरा गर्दै खान पाउँनुहुन्छ ।

यो केही भाग्यमानी पुरुषका लागि यथार्थ भए पनि धेरैका लागि भने मीठो कल्पना मात्र होला । तर जापानमा बस्ने तपाईका लागि अब यो केवल कल्पना मात्र रहेन । किनकि पैसा भएपछि सबथोक पाइने जापानमा अब तपाईले माया गर्ने श्रीमती पनि पाउँनुहुनेछ,त्यो पनि केही समयका लागि भाडामा ।

राजधानी टोक्योमा भर्खरै खुलेको एउटा क्याफेले यस्तो अनौठो सेवा शुरु गरेको हो । ग्राहकको सेवाका लागि क्याफेमा विकिनी मात्र लगाएका सुन्दर वेटरहरुको व्यवस्था गरिएको छ । ती मोडल जस्ता वेटरहरुले त्यहाँ पुग्ने ग्राहकहरुलाई एउटी श्रीमतीलाई जस्तै गरि स्वागत गर्छिन् । प्रेमपूर्वक आलिंगन र चुम्बनसम्म गरि ग्राहकलाई मनपर्ने खानेकुरा आफ्नै हातले पस्केर दिन्छिन् । ग्राहकको माग अनुसार ती वेटरहरुले श्रीमतीलाई जस्तै गरी ग्राहककै सामू खाना पकाएर समेत खुवाउँछिन् ।

ओरे नो योमे अर्थात मेरी श्रीमती नामक उक्त क्याफे टोक्योको हिगासीमा अवस्थित छ । साँझ घर फर्कने पतिलाई पत्नीले स्वागत गरेको अनुभूति दिलाउँन खोलिएको उक्त क्याफे साँझपरेपछि मात्र खुल्छ । क्याफेमा पुग्ने ग्राहकलाई भाडाकी ती पत्नीलहरुले आफ्नै पतिलाई जस्तै सेवा गर्छिन् ।

जापानको व्यस्त जीवनशैलीका कारण विवाह र पारिवारिक मोह घट्दै गएकोले त्यसको अनुभूति दिलाउँन यो अनौठो क्याफे सञ्चालनमा ल्याएको सञ्चालकको दाबी छ । यस्तै कामबाट थकित पुरुषहरुलाई केही समयभए पनि पारिवारिक मायालु वातावरण उपलब्ध गराउँनु पनि यो क्याफेको उदेश्य हो ।

यस्तै पतिबाट सेवा चाहने महिलाहरुका लागि पनि यहाँ भाडाका पति उपलब्ध छन्,जसले मीठो मीठो खानेकुरा पकाएर मायाले खुवाउँछन् ।

Comments

comments