काठमाडौं । नेपाली फिल्म कालोपोथीले ७२ औं भेनिस अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा समीक्षकहरुको मन जितेको छ ।

फेस्टिभलको क्रिटिक्स विकमा सहभागी नेपाली ‘कालो पोथी’ उत्कृष्ट फिल्म बनेको छ । उत्कृष्ट फिल्म घोषित भएपछि निर्देशक भामले अवार्ड सम्पूर्ण नेपालीमा समर्पण गरेका छन् । अवार्डको प्रमाणपत्र फेसबुकमा पोस्ट गर्दै निर्देशक भामले ’अवार्ड आफ्नो देशकाको लागि समर्पित रहेको र नेपालका सिनेकर्मी सबैको जीत भएको’ बताएका छन् ।

नेपालमा युद्धको बेला दुई बालक साथीको सेरोफेरो फिल्मको कथा रहेको छ । कालो पोथी फिल्म नेपाल लगायत अन्य ३० बढी मुलुकमा रिलिज गर्ने तयारीमा छ । यसैबीच कालो पोथीको अफिसियल ट्रेलर पनि रिलिज गरिएको छ ।

Comments

comments