एजेन्सी । बिश्व नम्बर एक सेरेना विलियम्सको एकै बर्षमा चार ग्राण्डस्लाम जित्ने सपना चकनाचुर भएको छ । अमेरिकी स्टार सेरेनाको यो सपना इटालीकी रोबर्टा भिन्चीले समाप्त पारिदिएकी हुन् ।

गएराती भएको युएस ओपनको सेमीफाइनलमा सेरेना बिश्व बरियताको ४३ औं स्थानमा रहेकी भिन्चीसंग २–१ को सेटमा स्तब्ध भएकी हुन् । करियरको पहिलो ग्राण्डस्लाम खेलिरहेकी भिन्ची बिरुद्ध सेरेनाले पहिलो सेट भने ६–२ ले जितेकी थिइन् । तर त्यसपछिको सेटमा भने भिन्चीले उत्कृष्ट प्रदर्शन गरिन् । दोस्रो सेट ६–४ ले जितेकी भिन्चीले तेस्रो सेट पनि ६–४ ले नै जित्दै युएस ओपनको फाइनलमा स्थान सुरक्षित गरिन् । भिन्चीले अब उपाधीका लागि आफ्m्नै देशकी फ्लाभिया पेन्नेट्टासंग प्रतिस्पर्धा गर्नेछिन । पेन्नेट्टाले दोस्रो बरियता प्राप्त रोमानियाकी सिमोना हालेपलाइ ६–१, ६–३ को सोझो सेटमा हराएकी हुन् । पेन्नेट्टा पनि पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेकी हुन् । युएस ओपनको इतिहासमै पहिलो पटक दुई इटालियन खेलाडी फाइनलमा भिड्न लागेका हुन् ।

पुरुष तर्फको फाइनलमा भने बिश्व नम्बर एक नोभाक जोकोभिच र बिश्व नम्बर दुई रोजर फेडेरर बीच प्रतिस्पर्धा हुनेछ । स्विस स्टार फेडेररले आफ्नै देशका पांचौ बरियता प्राप्त स्टान वावरिन्कालाइ ६–४, ६–३, ६–१ को सेटमा पराजित गरेका हुन् । फेडेररको सन २००९ पछिको यो पहिलो युएस ओपन फाइनल हो । सर्वियाका जोकोभिचले भने साविक विजेता क्रोएशियाका मरिन सिलिकलाइ ६–१, ६–१, ६–२ ले पराजित गरे  ।

जोकोभिच करियारको दशौं र बर्षको तेस्रो ग्राण्डस्लाम नजिक रहेका छन । यो बर्ष अस्ट्रेलियन र विम्बल्डन जितेका जोकोभिचले फ्रेन्च ओपन भने हारेका थिए । १७ औं पटकका प्राण्डस्लाम च्याम्पियन फेडेररले वावरिन्कालाइ पराजित गर्न ९२ मिनेट लगाएका थिए भने जोकोभिचले ८५ मिनेट लगाएका थिए । जोकोभिच र सिलिकक बीचको सेमीफाइनल १९६८ मा युएस ओपन सुरु भएपछिकै पुरुष तर्फ सबैभन्दा एकपक्षिय खेल हो ।

Comments

comments