काठमाडौँ ।  त्रिवि शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीको अनसन एक सातालाई सरेको छ ।

सरकारले चिकित्सा शिक्षा आयोग गठनसहित यसअघि जनाएका सरकारी प्रतिबद्धता पूरा गर्ने भन्दै पत्राचार गरेपछि त्रिबि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक  केसीले शुक्रबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक साता सारेका छन् ।

सरकारका प्रवक्ता मीनेन्द्र रिजालले केसीलाई पत्रमार्फत उनका माग पूरा गर्ने क्रममा रहेको भन्दै अनशनजस्ता कुनै पनि विरोधका कार्यक्रम नगरी धैर्य धारण गर्न आग्रह गरेका थिए । त्यसपछि केसीले अनशन सारेका हुन् ।

Comments

comments