गौशाला । महोत्तरीमा आज पनि अनिश्चितकालीन निषेधाज्ञा जारी छ   । जिल्लाको जलेश्वरलगायत बलवा, बनौटासहितका ठाउँमा स्थानीय प्रशासनले आज बिहान ३ घन्टाका लागि हटाइएको निषेधाज्ञा फेरी लगाईएको छ ।

बुधबार राति ८ बजेदेखि जिल्ला सदरमुकाम जलेश्वरसहित बलवा र बनौटा गाविसमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा आज बिहान ६ देखि ९ बजेसम्मका लागि हटाएको थियो  । आम नागरिकको दैनिक उपभोगका किनमेल तथा तराई मधेसको संस्कृतिअनुसार नित्यकर्म गर्न घरबाहिर जानैपर्ने कुरालाई ध्यानमा राख्दै बिहान तीन घन्टाका लागि निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले जानकारी दिनुभयो।

बुधबार प्रहरीको गोली लागी जलेश्वरमा तीन आन्दोलनकारीको मृत्यु भएपछि उग्र बन्दै गएको जिल्लाको अवस्थालाई देखेर स्थानीय प्रशासनले जलेश्वरसहित जिल्लाको बलवा र बनौटा गाविसमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

Comments