काठमाडौँ । आन्दोलनमा खटिने प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता दिने भएको छ ।

गृहमन्त्री वामदेव गौतमले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित बैठकमा यसबारे जानकारी दिएका हुन् ।

शान्तिसुरक्षा समीक्षा बैठकमा डिआइजीहरूले स्रोतसाधनको अभाव रहेको गुनासो गरेका छन् । उनीहरूले पर्याप्त इन्धन नभएको, थोत्रा गाडी रहेको गुनासो गरेका थिए । गृहमन्त्री गौतमले पर्याप्त स्रोतसाधन उपलब्ध हुने भन्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।

Comments