काठमाडौं । पछिल्लो समय अमेरिकी डलर मजबूत बन्दै गएपछि नेपाली मुद्राको अवमूल्यन हुँदै गएको छ । अमेरिकी डलरको भाउँ विश्वबजारमा बढ्दै गएसंगै भारतीय मुद्रा कमजोर बन्दा नेपाली रुपैयाको अवमूल्यन भएको हो । अमेरिकी डलरको भाउ अकाशिन थालेपछि डलरबाट खरिद गरिने सामाग्रीको स्थानीय मूल्य बढ्ने निश्चित छ ।

केही समयदेखि अमेरिकी डलरको भाउ निरन्तर बढिरहेको छ । यसरी डलरको मूल्य बढ्दै जादाँ विश्व अर्थतन्त्रमा नेपाली मुद्राको  स्थिति कमजोर बन्दै गएको छ । नेपाली मुद्रा कमजोर हुनुमा नेपाली मुद«ाको भारतीय मुद्रासँग स्थिर मूल्य रहनु प्रमुख कारण रहेको विश्लेषकहरु बताउँछन् । अमेरिकी डलर मजबूत बन्दै जादाँ नेपाली बजारमा यसको प्रभाव तत्काल देखिने नेपाल राष्ट्र बैंकका विनिमय बिभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताउनुभयो । उहाँले अमेरिकि डलरको भाउँ बढ्दा आयातित अर्थतन्त्रमा सबैभन्दा बढी प्रभाव पर्ने जानकारी दिनुभयो ।

हामीकहाँ सबैभन्दा बढि पेट्रोलियम पदार्थ आयात हुने गर्दछ । तर पेट्रोलियम पदार्थको स्वचालिय मूल्य प्रणाली लागू गरेको र अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण डरलको मूल्यवृद्धिको असर यसमा देखिने छैन । तर अन्य मूलुकबाट आयात हुने सामाग्रीहरुमा अमेरिकि डलरको बढ्दो मजबुतीले निकै ठूलो असर पार्ने निश्चित छ ।

डलरको मूल्य बढ्दा अर्काेतिर राष्ट्रिय स्तरको आयोजनाहरुका समेत असर पर्न जान्छ । नेपालले अन्य मूलुकसँग लिएको ऋण चुक्तामा समेत बढी भार पर्ने छ ।

बिश्व अर्थतन्त्रमा अमेरिकाको प्रभाव बढ्दै गएपछि पछिल्लो समय अमेरिकी डलरको भाउ आकाशिदै गएको हो । डलरको भाउ बढेपछि बजारमा नेपाली लगानीकर्ताहरुको उत्साहमा समेत निराशा छाउने संभावना छ ।  त्यसो त डलरको मूल्यवृद्धिले ठूला ठूला योजना मात्र नभई आम नेपालीको दिनचर्यामा समेत सूक्ष्म ढंगको असर पर्ने निश्चित छ । ०००

Comments