काठमाडौं । नेपाली अण्डर नाइन्टिन राष्ट्रिय क्रिकेट टोलीले बिश्वकप छनौट खेल अघि बिदेशमा अभ्यास गर्ने भएको छ । नेपालले भारत अथवा बंगलादेशमा गएर बिश्वकप छनौटको तयारी गर्ने भएको हो ।

नेपाली टोली गत साता मलेसियामा सम्पन्न एसीसी अण्डर नाइन्टिन प्रिमियर लिगमा उपविजेता हुदै स्वदेश फर्किएको थियो । नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले बिश्वकप छनौटका लागि बढी भन्दा बढी म्याच एक्सपोजर आबश्यक रहेकाले भारत अथवा बंगलादेश गएर कम्तीमा दश वटा अभ्यास खेल खे्रल्ने बताए ।

नेपाल क्रिकेट संघ क्यानले बिश्वकप छनौट खेल्ने अन्तिम टोलीको घोषणा भने बिहिबार बेलुका सम्म सार्वज्निक गर्ने बताएको छ । बिश्वकप छनौट अघि प्रतियोगिता गरेर खेलाडी छनौट गर्ने योजना रहेको भएपनि देशको पछिल्लो अवस्थाका कारण संभव नभएको क्यानको भनाइ छ ।  प्रिमियर लिगमा सहभागी १४, बैकल्पिक चार र बिभिन्न क्षेत्रका सात खेलाडी अहिले प्रशिक्षक टमाटालाई प्रभावित  गर्न लागि परेका छन ।

एक समय निकै राम्रो मानिने  अण्डर नाइन्टिन टोली यसअघिका दुई बिश्वकपमा छनौट हुन असफल भयो । पछिल्लो पटक सन २०१२ को बिश्वकपका लागि नेपाल छनौट हुदा प्रशिक्षक टमाटा नै रहेका थिए । यसपटक अधिकांश खेलाडी नया रहेकाले चुनौती धेरै रहेको टमाटाको भनाइ छ ।

नेपाली क्रिकेटको बिकास र बिस्तारका लागि यो छनौट प्रतियोगिता महत्वपुर्ण रहेको टमाटाको बुझाइ छ ।
अर्को बर्ष बंगलादेशमा हुने बिश्वकपका लागि १४ देिख २३ अक्टोबर सम्म मलेसियाको क्वालालम्पुरमा छनौट खेल हुदैछ । छनौट खेलमा नेपालले पपुवा न्युगिनी, युगाण्डा, अमेरिका र आयरल्याण्डसंग प्रतिष्पर्धा गर्नेछ । च्याम्पियन टोलीले बिश्वकपमा स्थान बनाउनेछ । यसैबीच अण्डर नाइन्टिन टिमका शुसील कंडेल,सुनिल  धमाला, ललित नारायण राजबंशी र दिपेन्द्र ऐरी नेपाल पुलिस क्लबमा आबद्ध हुने भएका छन । उनीहरु चारै जनाले मंगलबार मेडिकल टेस्ट दिएका छन । मेडिकलमा पास भएसंगै क्लबमा आबद्ध हुने सबै प्रकृया पुरा हुने प्रशिक्षक टमाटाले जानकारी दिए ।

Comments

comments