काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले  मंगलबार देखि संविधानको  बिधेयक माथिको दफावार छलफल सुरु गरि भदौ मसान्त भित्रमानै संविधान जारी गर्ने तयारीमा संविधानसभा रहेको बताउनु भएको छ ।

यससंगै अहिले प्राप्त संशोधन मार्फत असन्तुष्ट पक्षहरुको माग संवोधन गर्न सकिने भन्दै संविधान जारी भए पछि पनि रुपान्तरित संसद मार्फत संशोधन गरि कतिपय बिषय परिवर्तन गर्न सकिने भएकोले संविधान छिटो जारी गर्न सबैको पहल हुनु पर्ने उहाँको भनाई छ । दलहरुले संविधानको अन्तिम बिधेयक माथि पेश गरेका संशोधनहरु संविधानसभामा प्रस्तुत गर्दै मंगलबार बाटनै यस माथिको दफावर छलफल प्रारम्भ गरिने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भनाई छ । सोमबार सञ्चारकर्मीहरु संग उहाँले यस  बिचको छलफल तथा दलहरुका बिचमा भएका संवादहरुका आधारमा भदौ मशान्त भित्रमा नै संविधान जारी गर्ने तयारीमा आफु लागेको जानकारी गराउनु भएको छ । संविधान निमार्णको अन्तिम र महत्वपूण चरणमा संविधानसभा  रहेको भन्दै अध्यक्ष नेम्वाङले पहिला बिधेयक पारित गर्दै भदौमा नै मुलुकले नयाँ संविधान पाउने बिश्वास दिलाउनु भएको हो ।

यस संगै कतिपय पक्षहरुको अहिले जारी प्रक्रिया तथा यसका बिषयहरुमा असहमति रहेता पनि संविधानसभाले तोकेको  समय भित्र प्राप्त संशोधनहरुमा अध्ययन गरि यहि  भित्रबाट समेत बिवादको  समाधान खोज्न सकिने उहाँको भनाई छ । साथै संविधान जारी भए पछि पनि असन्तुष्ट पक्षहरुको जायज माग संवोधन गर्ने बाटो बन्द नहुने अध्यक्ष नेम्वाङको तर्क  छ ।

अन्तिम बिधेयक माथि संशोधन दर्ता गर्ने समय समाप्त भैसके पछि प्रमुखदलहरुका  शीर्षस्थ नेताहरु संग परामर्श गर्नु भएका अध्यक्ष नेम्वाङले सोमबार दिउसो नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओबादीका प्रमुख सचेतकहरु संग पनि छलफल गर्नु भएको  थियो । संविधानको  बिधेयक माथि ५६ जना सभासद्हरुले संशोधन दर्ता गराएता पनि सोमबार सम्ममा एमाले  सभासद् दिलबहादुर सुनुवार र जितु गौतम दर्जीले आफ्नो संशोधन फिर्ता गरेका छन ।

Comments

comments