काठमाडौं । नेपाल सरकारले विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्दै आएका सरकारी कर्मचारीहरुलाई सचेत रहन सुझाएको छ ।

फेसबुक, ट्विटर, ब्लग जस्ता सामाजिक सञ्जालहरुवाट जथाभावी लाईक, सेयर, टयाग, ट्वीट र रिट्वीट नगर्न सरकारी कर्मचारीहरुलाई सचेत गराएको छ ।

सामाजिक सञ्जालको दुरुपयोगमा सरकारी कर्मचारीहरुपनि संलग्न भएको पाईएको भन्दै अव आईन्दा सामाजिक सञ्जालको प्रयोग गर्दा होसियार हुन सरकारले सचेत गराएको हो ।

मुलुकको विविधता, एकता र सामाजिक सद्भावलाई भड्काऊनकालागि सामाजिक सञ्जाल मार्फत विभिन्न तत्वहरु सक्रिय रहेको पाईएकोले त्यस्ता प्रकृतिका सामाग्रीहरुलाई लाईक, सेयर वा ट्वीट नगर्न सरकारले सचेत गराएको छ ।

सरकारले सामाजिक सञ्जालको दुरुपयोग गरे वा नगरेको सम्वन्धमा जाँचवुझ वा निगरानीकोलागि व्यवस्था मिलाऊन सम्वन्धित निकायहरुलाई जानकारी गराएको छ ।

Comments

comments