भियना ।  टर्किस समुद्र–किनारमा मृत भेटिएका सिरियाली बालकको अन्तिम संस्कार गरिएको छ । समुद्र–किनारमा घोप्टो परेको उनको तस्बिरले संसारलाई रुवाएको थियो । उनलाई उनका दाइ र आमासँगै चिहानमा पुरिएको हो ।

ग्रिसको कस टापुमा पुग्ने प्रयास गर्दा उनको परिवार चढेको डुंगा पल्टिएको थियो । दुर्घटनामा तीन वर्षीय आयलन कुर्दी, उनकी आमा रेहान र पाँच वर्षीय दाइ गलिबको मृत्यु भएको थियो ।

गृहनगर कोबानेमा अन्तिम संस्कार गरिएको हो । सो अवसरमा उनका सयौँ समर्थक र कुर्दिस अधिकारीहरूको उपस्थिति थियो । उनीहरूको लासलाई टर्कीबाट विमानमार्फत ल्याइएको थियो ।

Comments